चर्चित नेताको भिडन्तले चितवनका ५२ वटा स्थान संवेदनशील,यसरी मिलाइने भयो सुरक्षा ब्यबस्था



हाम्रो इकोनोमि

चितवनमा प्रतिनिधि र प्रदेश सभाको चुनावको लागि सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ।
निर्वाचन शान्ति सुरक्षामा सबै तयारी पूरा भएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाका ५२ स्थान अतिसंवेदनशील भएको जानकारी दिए।

चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक दीपक थापाले जानकारी दिए।

चितवनको ३ प्रतिनिधि सभा र ६ प्रदेश सभाका मतदानस्थल अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा रणनीति अघि सारेको समेत थापाले बताए।

यस क्षेत्रमा आवश्यक परे हेलिकप्टरबाट गस्ती गर्ने र विशेष सुरक्षा योजना प्रबन्धको व्यवस्था मिलाइएको प्रजिअ भट्टले जानकारी दिएका छन्। यसका साथै मोवाइल प्रहरी टोली, स्काइपिन टोलीसमेत ५ मिनेटमै पुग्ने गरी तैथान गरिएको छ ।

जिल्लामा एक सय ६१ स्थानमा मतदान केन्द्र चार सय ८ वटा मतदान केन्द्र रहेको छ। हरेक केन्द्रमा पहिलो घेरामा म्यादी ११ जनादेखि ४९ सम्म नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी, नेपाली सेनाको टोली, सादा पोशाकका प्रहरी र अनुसन्धानका टोली रहने व्यवस्था मिलाइएको छ।

सुरक्षाका लागि एयर एप्रोच सेल निर्माण
चितवनमा भिआइपीहरु नै चुनावी मैदानमा उत्रिएपछि जिल्लामा भयरहित तवरबाट निर्वाचन गराउन पहिलो पटक सुरक्षाका लागि एयर एप्रोच सेल निर्माण गरिएको छ।

चितवनका प्रतिनिधि र प्रदेश सभाका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बहालवाला मन्त्री विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेयषनाथ अधिकारी, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित पूर्वसासंदहरु र जिल्लाका पार्टी अध्यक्षहरु नै चुनावी मैदानमा आएपछि विशेष सुरक्षाका लागि एयर एप्रोच सेल निर्माण गरिएको छ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार जनचेतना, सूचना संकलन, र तत्काल रेसपोन्ज अर्थात् एयर एप्रोच सेल निर्माण गरेको जानकारी दिँदै यसले सुरक्षा व्यवस्था निकै कडा भएको बताए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...