मानव अधिकार आयोगद्वारा निर्वाचनको तयारीबारे अनुगमन



हाम्रो इकोनोमि

 

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि भइरहेको तयारीका बारेमा कैलाली जिल्लामा अनुगमन निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको बैठकमा आयोगका सदस्य सुदीप पाठकले स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन आचारसंहिता अक्षरशः पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले निर्वाचन गराउन समयमै सोसम्बन्धी उचित व्यवस्थापन पनि जरुरी रहेको बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद आर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता प्रकट गरे । बैठकमा प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचनका बेला अपनाइएको सुरक्षा व्यवस्थापनबारे प्रकाश पारेका थिए । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले मतदानस्थल र केन्द्रको व्यवस्थापन लगायतका विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...