सीमाको जादुमयी स्वरको यस्तो तारिफ,भर्सटायल खुबीले तिक्खर बनेकी यी हुन् गायिका सिमा शाह



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन।सुमधुर स्वरकी धनी अझ भनौ कोइली स्वरको मिठासमा शब्दलाई जादुमयी ढंगले प्रस्तुत गर्ने गायिका सिमा शाहले आफ्नो दोश्रो ‘सिमा–२’ श्रोतामाझ ल्याएकी छन् ।पाँच वर्षको अन्तरालमा आएको यो उनको गहकिलो सांगीतिक सम्पत्ती हो।

२०६० सालमा रहरै रहरमा पहिलो गित ‘कसरी बोलाउँ मायालु् तिमीलाई’ रेकर्ड गराएकी थिइन् । आफ्नो ‘रेकर्डेड भ्वाइस’ कस्तो हुन्छ भनेर सुन्ने जिज्ञासाकै प्रतिफल उनले त्यो गीत रेकर्ड गराएकी थिइन् । आफ्नो रेकर्डेड भ्वाइस सुनेपछि उनमा उत्साह पलायो । २०६८ सालमा उनले पहिलो एल्बम ‘सिमा’ बजारमा ल्याइन् । निरन्तर अभ्यासमा रमाउने उनको कला लोभ लाग्दो छ भने स्वरले पनि उत्तिकै साथ दिएको छ।‘सिमा–२’ एल्बममा ‘फुल हुँ म’, ‘मेरो हर सासमा’, ‘कसमै तोडी जानेलाई’, ‘भुलुँ म कसरी तिम्रो याद’, ‘किन जुधे आँखा भन्थें’, अल्झींदा एकछिन’ र ‘ओँठले भन्न सकिन’ आदि गित रहेका छन् ।जस्तोसुकै टाइपका गित गाउन सक्ने हैसियत बनाएकी उनको चर्चाले पछिल्ला दिन नेपाली सांगीतिक दुनिया तातेको पनि छ। उनमा आइटमदेखि शान्त प्रकृतीका गित गाउनसक्ने भर्सटायल खुबी भएकी सीमामा प्रचुर सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...