पर्यटकको रोजाइमा गाईघाट झरना



हाम्रो इकोनोमि

 

जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरुप पाएको छ ।

झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायामबाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ ।

पर्यटकीय याममा दैनिक सयौँ आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताए । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ । चालीस जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ ।

पचास मिटर अग्लो झरनामा क्यानोनिङ सञ्चालन गर्ने योजना रहेको केन्द्रले जनाएको छ । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको बताईएकामे छ । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ ।

बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रुपमा समेत लिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...