त्रिशुलीमा असिनाबाट ३ करोडको क्षति



हाम्रो इकोनोमि

 

धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकोट जिल्लामा ३ करोडको क्षति भएको छ ।
गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५ुसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । असिनाले मेघाङ गाउँपालिकाका वडा नं ४, ५ , ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटेमा ३ ुय ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
त्यसैगरी तारकेश्वर गाउँपालिका–१ दाङ्सिङमा पाँच हेक्टर, विदुर नपा–७ को महादेवखर्क, विदुर –१३ का कल्याणपुर, हुलाकघरका ११५ हेक्टर र ककनी गाउँपालिकाको ओखरपौवामा पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । असिनाले धेरै क्षति पु¥याएपछि कार्यालयले क्षतिको विवरण संकलनका लागि प्राविधकको टोली नै खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...