नागरिकता त्याग्छु भन्दै यसरी मतदाता संग रोए नवराज सिलवाल,प्रतिस्पर्धी अर्थराज्य मन्त्री राणाले सिलवाल सिध्याउन यति सम्म गरे



हाम्रो इकोनोमि

बाम गठबन्धनका तर्फबाट ललितपुर १ का उम्मेदवार नवराज सिलवाल आइतबार मतदातासँग भावुक बनेका छन् ।आइतबार विशंखुनारायणमा भएको प्रचार सभालाई सम्बोधन गर्नेक्रममा आईजीपी नियुक्तिमा आफूमाथि भएको अन्यायलाई सम्झिदै सिलवालले आँखाबाट आसु झारे । उनी आफू मात्रै होइन् मतदातालाई पनि भावुक बनाए ।

प्रहरी सेवाको सम्पूर्ण समय आफू एक नम्बरमा हुँदापनि सत्ताको अनुचित दवावकाबीच प्रहरी संगठनको पद्धति खल्बल्याएर आत्मसमर्पण नगरेको प्रतिशोधका कारण आफूलाई अन्यायपूर्वक महानिरीक्षक नबनाएर पीडित बनाएको स्मरण उनले गरे ।

सिलवालले आफ्नो खेले हुर्केको क्षेत्र गोदावरीका स्थानीयहरु समक्ष भावुक रुपमा प्रस्तुत भए– ‘मलाई व्यक्तिगत चरित्र हत्या गर्न नेपाली काँग्रेस र निर्वाचन क्षेत्रका उम्मेदवार उदयसम्सेर राणाले ग्रुप नै बनाएर लागेका रहेछन् मेरो कुनै अनियमितता पुष्टि गर्नुस् म नागरिकता त्याग्न तयार छु सक्नुहुन्छ अरुले ?’

‘काँग्रेसले माफी माग्नुपर्छ, विकास कसरी गर्ने भन्ने वाम गठबन्धनले सिकाउछ’

सम्बोधनका क्रममा बाम गठबन्धनका तर्फबाट ललितपुर १ का उम्मेदवार सिलवालले नेपाली काँग्रेसले भ्रम छर्न छोडेर माफी माग्नुपर्ने बताए । सिलवालले माफी मागेर प्रतिपक्षमा एक दुई कार्यकाल बसेर मुलुकको विकास कसरी गर्नुपर्छ भनेर बाम गठबन्धनबाट सिक्न काँग्रेसलाई आग्रह गरे ।

उदारीकरणका नाममा राष्ट्रिय पहिचानबनाएका भृकुटी कागजकारखाना, छाला जुत्ताकारखाना, जुटमील लगायतकाउद्योगलाई ध्वस्तबनाएको काँग्रेसले जनतालाई आर्थिक विकासको पाठ सिकाएर पंगु बनाउन खोजेको भन्दै काँग्रेसको नेतृत्वमा मुलुक संचालन भएको समयमा भ्रष्टाचार संस्थागत भएको जिकिर गरे ।

पूर्व डीआईजी सिलवालले नेपाली काँग्रेसका नेता उदयसम्सेर राणालाई लक्षित गरेर भने– ‘मेरो जति पारदर्शी जीवनशैली देखाएर जनतामाझ एजेण्डा लिएर आउनुस्, अरुलाई हिलो छ्याप्ने अनि अभाव र अविकासलाई भजाएर मत किन्ने प्रयास नगर्नुस् ।’

काँग्रेसले संसद किनबेच, पजेरो संस्कृतिलगायतका कुसंस्कार भित्र्याएर लोकतन्त्रलाई आफ्नो खल्तीको सामान जस्तै भजाएकोमा कटाक्ष गर्दै प्रस्तुत भएका सिलवालले बाम गठबन्धनले दुई तिहाई ल्याएर समाजवादी मोडलमा विकास गरेर युवा रोजगारीमा उल्लेखनीय काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...