चीन र भारतको सिमानामा पुगेर ओलीले भने- योगेशलाई सांसद बनाउनुहोस,म मन्त्री बनाउछु उनी मेरा उतराधिकारी हुन्



हाम्रो इकोनोमि

ताप्लेजुङको सदरमुकाम स्थित तक्मेबजारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’

 

अध्यक्ष ओलीले योगेशको खुलेर प्रंशसा गर्दै ढुक्क भएर योगेशलाई जिताउन अनुरोध गरे । उनले भने, ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस् माथि म छु, योगेश यहाँ छ ।’

योगेश एमाले र माओवादीको मात्रै उम्मेदवार नभएर सबैको साझा भएको बताए । उनले भने,‘झट्ट हेर्दा एमाले र माओवादी केन्द्रका उम्मेदवार जस्तो देखिनुभएको छ तर, ताप्लेजुङबासी सबैको मन मनको साझा उम्मेदवारको रुपमा लिनुभएको छ ।’ अध्यक्ष ओलीले योगेशको विजय जुलुसमा पनि ताप्लेजुङ आउने बताए । अध्यक्ष ओलीले अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको भएको बताए । उनले भने, ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, वामपन्थी मध्ये पनि सबैभन्दा ठुलो एमाले नै होला । एमालेको अध्यक्ष ताप्लेजुङ आएर किन सम्बोधन गर्दैछ त्यो भनी रहन नपर्ला । अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो ।’

अध्यक्ष ओलीले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए । एक भएको शक्तिशाली पार्टी देश निर्माणको लागि नायक बन्ने उनले बताए । यही निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्न तयार भए पनि माओवादीभित्रको छलफलको कारण सफल नभएको बताए । तर, भबिष्यमा पार्टी एकीकरण हुने ठोकुवा गरे । अध्यक्ष ओलीले राष्ट्रपतिको विद्यादेवी भण्डारीको कारण महिलाहरुको ३३ प्रतिसत अधिकार सुरक्षित भएको बताए । ३३ प्रतिसत ग्यारेन्टीको लागि भण्डारीले महत्पपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।

अध्यक्ष ओलीले सचिव सचिव भट्टराईले आफू भावुक भएको बताए । योगेशले आफ्नो गृह जिल्लामा स्वागत गर्दै अध्यक्ष ओलीसँग जोडिएका संस्मरण सुनाए । १८ बर्षको कलिलो उमेरमा जेल जादा अध्यक्ष ओलीलाई भेटेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीबाट जेलमा समेत अभिभावकको माया र संरक्षकत्व पाएको बताएका थिए । ओलीले सम्बोधन गर्न उनले भनेका थिए, ‘पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४० सालमा म १७ बर्षको थिएँ होला। प्रहरीले मलाई पक्राउ गरयो । जेलमा पुरयायो । म एकदमै आतंकित थिएँ । मेरा खुट्टा डरले कामिरहेका थिए । मुटु कामिरहेको थियो । निक्कै डराँएको थिए । एकमहिना सम्म कष्टडिमा राखेर प्रहरीले निर्मम यातना दियो । शरीर भरि डामैडाम थियो । वेलुका ननिनेका ब्यक्तिले तालो तेल तताएर डडाल्नुमा हल्का मालिस गरिदिनुभयो । मेरो वुवा म दुई बर्षकै हुदाँ वित्नुभएको थिएँ । मैले वुवाको माया महशुष गर्न पाएको थिइन । मलाई तातोतेलले मालिस गरिदिएको त्यो साँझ मलाई लाग्यो वुवा भनेका यस्तै हुन्छन होला । अविभावक भनेको यस्तै हुन्छन होला । म भावविहल वनेर रोएँ । त्यो तातो तेलले मालिस गर्ने ब्यक्ति अरु कोही नभएर क केपी शर्मा ओली हुनुहुन्थ्यो । आगामी पुष महिनामा वामपन्थिहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।’

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...