विप्लबको पार्टीमा यसरी लाग्यो खिया,चुनाव बहिष्कारमा लागेका विप्लवलाई सबैले छोडे,चुनाबको मुखैमा प्रचण्डलाई यस्तो फाइदा



हाम्रो इकोनोमि

सबै दल चुनावको तयारीमा लागेका बेला ‘विद्रोही र उग्र’ स्वभावका नेता नेत्रविक्रम चन्द विप्लव भने चुनाव बहिष्कारको अभियानमा छन् । तर, विप्लवको यो अभियानमा साथ दिने सहयात्री भने विस्तारै लाखापाखा लागिरहेका छन् । पार्टीका सहयात्रीले छाड्दै जान थालेपछि यतिबेला विप्लव नराम्रोसँग एक्लिँदैछन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट मोहन बैद्य किरणसहितका केही विद्रोही स्वभावका नेताहरुसहित बाहिरिएका विप्लव त्यसपछि वैद्यसँग पनि लामो समय टिक्न सकेनन् । वैद्य पनि आत्मसमर्पणवादी देखिएको भन्दै उनी त्यहाँबाट पनि छुट्टिएर अर्को पार्टी गठन गरेका थिए । तर विप्लवले गठन गरेको त्यो पार्टी अहिले भित्रभित्र रित्तिँदै गएको छ । यहाँका नेता कार्यकर्ताहरु विस्तारै पलायन हुँदैछन् ।

विप्लवको पार्टीभित्रको असन्तुष्टि पछिल्लो समय महोत्तरीमा देखिएको छ । विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार संयोजक नै पुनः माओवादी केन्द्र फर्किएका छन् । केन्द्रीय सल्लाहकार संयोजक बलबहादुर बलम्पानी पुनः पुरानै पार्टी माओवादी केन्द्रमा फर्किएका हुन् । बलम्पाकी आफूमात्र फर्किएनन् उनले आफूसँगै २ सय नेता कार्यकर्तालाई आफूसँगै माओवादी केन्द्रमा ल्याएका छन् ।

पार्टीमा भित्रिएका आगन्तुकलाई महोत्तरी क्षेत्र नम्बर १ मा बाम गठबन्धनतर्फका उम्मेदवार रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले स्वागत गरेका हुन् । माओवादी केन्द्रबाट बाहिरिए र बैद्य नेतृत्वमा नयाँ पार्टीमा पुगेका अधिकांश नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किइसकेका छन् । यही क्रममा विद्रोही प्रवृत्तिका विप्लवसँगै नेता कार्यकर्ताले विद्रोह गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचनका लागि ३ हप्ताको समय बाँकी रहँदा यसरी नेता कार्यकर्ताले विद्रोह थालेपछि विप्लवको बहिष्कारको एजेण्डाको भविष्य समेत अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...