गौतम निवासमा एमालेले डाक्यो स्थायी समिति बैठक, यस्ता यस्ता हुदैछन निर्णय



हाम्रो इकोनोमि

नेकपा एमालेले माओवादीसँग सहमति भइसकेका क्षेत्रका उम्मेदवारको नाम आज टुंग्याउने तयारी गरेको छ । त्यसका लागि एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा अहिले बिहान ११ बजे स्थायी समिति बैठक डाकेको छ ।

वाम गठबन्धन आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रबीच दैलेख, सुर्खेत, सल्यान, झापा र चितवनका केही क्षेत्रबाहेकमा उम्मेदवार उठाउनेबारे सहमति जुटिसकेको छ ।

यद्यपि, एमाले र माओवादी केन्द्रले आन्तरिक गृहकार्य बाँकी रहेकाले पार्टीको तर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् । सोमबार ७ नं. प्रदेशको उम्मेदवारको अन्तिम टुंगो लगाएको एमालेले आज बाँकी सबै क्षेत्रका उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

यसैबीच, एमाले र माओवादी केन्द्रका बीच सहमति जुट्न नसकेका निर्वाचन क्षेत्रबारे अन्तिम टुंगो लगाउन दुई पार्टीका अध्यक्ष छलफलमा बस्दै छन् ।

एमाले र माओवादीबीच चितवन–२, सल्यान–२ र झापा–२ मा सहमति जुट्न सकेको छैन । त्यस्तै दैलेख र सुर्खेतमा उम्मेदवार उठाउनेबारे पनि सहमति जुट्न बाँकी छ ।

दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कात्तिक १६ गते हुँदैछ । यसअघि कात्तिक ५ गते पहिलो चरणमा हुने निर्वाचनको उम्मेदवारी मनोनय दर्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...