मानव विचेविखनको अर्को कारण जलवायु परिवर्तन :अनुराधा



हाम्रो इकोनोमि

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले जलवायु परिवर्तन पनि पछिल्लो समय मानव बेचबिखनको कारणका रुपमा देखिएको बताएकीछिन् ।

माइती नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष कोइरालाले हिमाली तथा पहाडी भेगका मानिस सुखको खोजी गर्दै विदेशसम्म जाने हुनाले बेचबिखनको खतरामा परेको बताइन् ।

उनले भनिन् , “पहिलेको जस्तो सजिलै घाँसदाउरा, पानीलगायतका आधारभूत कुरा पाइन छोडेपछि त्यहाँका मानिस सुखका लागि विदेश जान वा तराई तिर झर्ने क्रममा दलालको सम्पर्कमा आउँदा बेचबिखनको खतरामा परेका छन् ।”

त्यसबाहेक असुरक्षित बसाइँसराइ, चेतनाको अभाव, अतिविश्वास, सुखको तीव्र चाहनाले समेत महिला तथा पुरुष तेस्रो मुलुकमा समेत बेचिने क्रम बढेको उनले बताए ।

उनलेले मानव बेचबिखनको स्वरुप बदलिँदै गएको प्रसंगमा पछिल्लो समय दलालले श्रीलंका हँुदै तेस्रो मुलुकमा मानव बेचविखन बढाएको बताइन् । “सञ्चारमाध्यमबाट मानव बेचबिखनबारे जनचेतना विस्तार हुनसकेमा नियन्त्रण प्रभावकारी हुन्छ, यसका लागि हरेक दिन यस विषयमा समाचार आउन आवश्यक छ” उनले भनिन् ।

कान्तिपुर दैनिकका पत्रकार दिनेश रेग्मीले अहिले पनि ७० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै प्रलोभनमा परी बेचिइरहेको बताइन् । कडा र स्पष्ट कानूनको अभाव भएको र भएका कानूनको फितलो कार्यान्वयनका कारण मानव बेचबिखनका घटना बढिरहेको उनले उल्लेख गरीन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सांगठनिक बेचबिखनमध्ये मानव बेचबिखन तेस्रो नम्बरमा पर्छ । पहिलोमा लागू औषध र दोस्रोमा अवैध हातहतियार बेचबिखन पर्ने बताइएको छ ।

माइती नेपालका अनुसार देशका सबै भागबाट मानव बेचबिखन भइरहेको छ । पोर्चुगल, स्पेन, मलेसिया, मकाउ, श्रीलंका, ओमन, साउदी अरब, कुवेत, केन्या र तान्जानियाजस्ता मुलुकमा नेपाली बेचिइरहेको माइती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...