चुनाब र बाम एकता ध्वस्त पार्ने बिषयमा कांग्रेस भित्र उथलपुथल,सांस्कृतिक राजा राख्ने बिषयले एकाएक गर्मायो कांग्रेस



हाम्रो इकोनोमि

वाम गठबन्धन पछि बदलिएको राजनीतिक आयामले नेपाली कांग्रेसमा उथल पुथल ल्याएको छ। वाम गठबन्धन भत्काउने, चुनाव सार्ने देखि सांस्कृतिक राजा राख्नेसम्मका विषयले पार्टीका बैठक तताएको छ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकतासम्म गर्ने घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धन बनाउने तयारीमा रहेको कांग्रेसभित्र सांस्कृतिक राजा राख्ने प्रस्ताव बहसमा आएको छ।

कांग्रेसको उच्च नेतृत्वबाटै पछिल्ला संसदीय बोर्डको बैठकमा सांस्कृतिक राजा राख्ने प्रस्ताव आएको स्रोतले बतायो। केन्द्रीय समितिभन्दा शक्तिशाली संसदीय बोर्डमा ‘मुलुक र कांग्रेस बचाउन सांस्कृतिक राजा राखेर जानुपर्ने’ प्रस्ताव आएको हो।

यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीको पराजय निश्चित रहेको संसदीय बोर्डको बैठकमा चर्को स्वरमा तर्क उठेको छ।चुनाव अहिले कांग्रेसको हितमा नरहेको र देशलाई साम्यवादतर्फ धकेल्ने खेल भैरहेको तर्क गर्दै बेलैमा चुनाव र वाम एकतालाई तुहाउनु पर्ने खड्का कित्ताको जोड छ।
कम्युनिष्ट मिलेर मुलुकमा साम्यवादी शासन व्यवस्था ल्याउन लागेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न राजालाई सांस्कृतिक हैसियत दिएर अगाडि जानुपर्ने तर्क कतिपय नेताहरुले पेश गरेका बैठक स्रोतले बतायो। चुनावी टिकट वितरणको झमेला पहिले सकाउँ भन्दै पार्टी सभापति शेरबहादुर देउवाले बहसलाई पन्छाउने गरेका छन्।

महामन्त्री शशांक कोइराला राजतन्त्रको पक्षमा खुलस्त वकालत गर्ने नेतामध्येका एक हुन्। विपीको सिद्धान्त विपरित कांग्रेसले राजा फालेर गल्ती गरेको उनको तर्क छ। उनी बैठकमा सोझै मुखरित नभएर अन्य नेताहरुबाट बहसलाई अगाडि बढाउने तहमा उत्रिएका छन्। अझ अगाडि बढेर पार्टी घोषणापत्रमै सांस्कृतिक राजा राख्नुपर्ने मत समेत पार्टी बैठकमा राखिएका छन्।

कोइरालाका सहयोगी भरत तिवारीले चुनावको तयारीमै पार्टीको ध्यान केन्द्रित रहेको भन्दै राजाको सन्दर्भमा बहस गर्ने समय नरहेको बताए। ‘बैठकमा अनेक कुराहरु आउँछन्, ती सबै पार्टीका लाइन भनेर बुझ्नु हुँदैन,’ तिवारीले भने ‘डा. शशांकले पार्टीमा चुनाव सन्दर्भका बाहेक अन्य कुरा उठाउनु भएको छैन।’

महामन्त्री शशांक कोइराला राजतन्त्रको पक्षमा खुलस्त वकालत गर्ने नेतामध्येका एक हुन्। विपीको सिद्धान्त विपरित कांग्रेसले राजा फालेर गल्ती गरेको उनको तर्क छ। उनी बैठकमा सोझै मुखरित नभएर अन्य नेताहरुबाट बहसलाई अगाडि बढाउने तहमा उत्रिएका छन्।
वाम एकता पछि कमजोर बनेको कांग्रेसमा सांस्कृतिक राजाको बहस बाक्लो हुँदै गएको छ। हिन्दु राज्यको वकालत गर्नेहरु पनि पार्टीमा उत्तिकै सक्रिय छन्। नेता खुमबहादुर खड्का पछिल्ला दिनमा पार्टी भित्र सक्रियता बढाउनेमध्येका अर्का नेता हुन्। राजा फालेर गल्ती भयो भन्ने लाइनमा नेता डा. रामशरण महतको पनि जवर्जस्त उदय भएको छ।

कोइराला, खड्का, महतलगायतका नेताले मुलुकलाई साम्यवादी शासन व्यवस्थामा जान नदिन सांस्कृतिक राजा चाहिने भन्दै पार्टीमा दवाव बढाएका छन्।

नेता अमरेश सिंहले गणतन्त्र र धर्मनिरपेक्षताको अडानबाट पार्टी पछि हट्ने कुनै संभावना नरहेको बताए। ‘पर्टी भित्रका नेताले फरक धारणा राख्न सक्छन् तर पार्टीको लाईनमा कुनै फेरवदल हुनेवाला छैन।’ उनले पार्टी सभापति चुनावमा दृढ रहेको दावी गरे।

चुनाव सार्न दवाव
अहिलेकै अवस्थामा चुनावमा जाँदा कांग्रेसको आकार सानो हुने डर पार्टीमा छ। प्रतिकुल नतिजा आउने चुनाव स्वीकार्नु भन्दा कुनै पनि वहानामा चुनाव सार्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव छ।

संविधानको नयाँ व्यवस्थाअनुसार चुनावमा उठ्न अयोग्य ठहर भएका खुमबहादुर खड्का यो चुनाव कुनै हालतमा सार्नु पर्ने कित्ताको नेतृत्वमा छन्।

हिन्दु राज्य र राजतन्त्रको पक्षमा पार्टी भित्रका प्रभावशाली नेतालाई मनाउने कसरतमा खड्का छन्। राजनीतिक परिस्थिति पार्टीका लागि प्रतिकुल रहेको यो समय खड्काका लागि भने अनुकुल हुँदै गएको एक कांग्रेस नेताले सुनाए।

संसदीय बोर्डको बैठकमा खड्काले यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीको पराजय निश्चित रहेको चर्को स्वरमा राख्ने गरेका छन्। चुनाव अहिले कांग्रेसको हितमा नरहेको र देशलाई साम्यवादतर्फ धकेल्ने खेल भैरहेको तर्क गर्दै बेलैमा चुनाव र वाम एकतालाई तुहाउनु पर्ने खड्का कित्ताको जोड छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...