बामलाई भैसेपाटीमा धमाधम,समानुपातिक सुची फाइनल गर्ने आज अन्तिम दिन सत्ताधारीलाई पनि बालुवाटारमा यस्तो छ सकस



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी टुंगाउने अन्तिम कसरतमा दलहरु जुटेका छन्।

समानुपातिक सुचीलाई सच्याउने अन्तिम दिन आज भएकाले लोकतान्त्रिक र वाम दुवै गठबन्धन विस्तृत छलफलमा लागेका हुन्। उनीहरुलाई प्रत्यक्ष तर्फको उम्मेदवार पनि टुङ्गो लगाउनुपर्ने दबाब पनि बढेको छ।

आगामी निर्वाचनमा सिट बाँडफाँड लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक एमाले नेता बामदेव गौतम निवासमा बसिरहेको छ। शनिबारदेखि जारी बैठकबाट दोस्रो चरणका बाँकी क्षेत्रको उम्मेदवार टुंगाउने एमाले महासचिव ईश्वर पोखरेलले बताए।

लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि उम्मेदवारी टुंगााउन बालुटारमा बैठक राखेको छ।

समानु्पातिक तर्फको उम्मेदवार सच्याउने अन्तिम दिन भएको र प्रत्यक्षतर्फ पनि विवाद बाँकी रहेकाले सबैतिरका उम्मेदवारी आजै टुंगो लगाइने नेपाली कांग्रेसका नेता महेश आचार्यले बताए। ‘सोमवार घोषणापत्र सार्वजनिक गर्ने तयारी भएकाले आज अबेरसम्म वैठक गरेर उम्मेदवारहरुको टुङ्गो लाग्छ’, आचार्यले भने, ‘तराईका बाहेक अन्य जिल्लामा गठबन्धनभित्र कुरा मिलेकाले लामो समय लाग्दैन।’

शीर्ष नेता र काठमाडौंका सबै क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार तय गरिसकेको छ। तराईका जिल्लाहरुमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग गठबन्धनबारे छलफल चलिरहेकाले बाँकी राखेको थियो। तर उनीहरु आपसमा मिलेर जाने सहमती गरेकाले अन्तिम पटक कसरत गर्ने र नभएमा उम्मेदवार सार्वजनिक गर्ने तयारीमा नेपाली कांग्रेस छ।

एमाले उपाध्यक्ष गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको छ।

वाम गठवन्धनमा आबद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन्। घोषणापत्र समेत सार्वजनिक गर्न ढिलो भएकाले शनिबारसम्म अबेर बैठक बसेको र अब केही जिल्लाको विवादमात्र बाँकी रहेकाले आजै किनारा लाग्ने पोखरेलले बताए।

यसैगरी आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची संशोधनको अन्तिम दिन भएकाले दलहरु त्यसको गृहकार्यमा पनि जुटेका छन्। यसअघि दलहरुले समानुपातिक सुचीमा तोकिएको क्षेत्रका आधारमा डमी नामहरु राखेको सुची बुझाएका थिए। त्यसमा उनीहरुले पार्टीबाट अन्तिम सहमति भएको नाम सच्चाउने छन्।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा