गौचनको हत्याको वात लागेका गुण्डा यसरी हिड्दैछन् कांग्रेसका पूर्व साम्सद र प्रतिनिधीसभाका उम्मेदवार संग,प्रहरीले किन खोलेन मुख



हाम्रो इकोनोमि

नेपाली कांग्रेस काभ्रेका नेता तथा निवर्तमान सांसद तीर्थ लामाले आपराधिक पृष्ठभूमिका गुन्डा नाइके दावा लामालाई साथमा लिएर चुनावी प्रचारमा हिड्न थालेका छन् ।
भक्तपुरको सूर्यबिनायकमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता लामाले दावालाई आफूसँगै मञ्चमा राखेर कार्यक्रम गरेका हुन् । पहलो लहरमा नेता लामा बसेका थिए । उनको ठीक पछाडि दावा बसका हुन् । दावालाई नेता लामाले कुन हैसियतले मञ्चमा राख्छन् त्यस विषयमा पनि विवाद हुँदै आएको छ ।
राजधानीमा हुने अपहरण, लुटपाट, फिरौती, जबरजस्ती चन्दा असुली, सांघातिक आक्रमण जस्ता कार्यमा संलग्न रहेको भन्दै दावालाई प्रहरीले उच्च निगरानीमा राखेको छ । हुन त दावा यसअघि पनि पटकट–पटक गुन्डागर्दी र ज्यानमार्ने उद्योगमा सजाय भोगिसकेका व्यक्ति हुन् ।
काठमाडौंको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्नहरूलाई प्रहरीले खोजतलास गरिरहेका बेला दावाको संलग्नता छ कि भनेर प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरेको स्रोतको भनाइ छ । तर, गौचन हत्यामा दावाको संलग्नताका विषयमा प्रहरीले मुख खोलेको छैन ।
प्रहरीले निगरानीमा राखेका दावा अहिले भने निर्वाचन प्रचार–प्रसारमा सक्रिय भएर लागेका छन् । उनले आफ्नो अगाडि पछाडि हिँड्ने २०–२५ जना युवाहरूलाई मोटरसाईकल र गाडीमा राखेर कांग्रेस नेता लामाको कार्यक्रमहरूमा लैजाने गरेका छन् । कार्यक्रममा दावाको संलग्नतालाई लिएर काभ्रे कांग्रेसभित्र विरोध हुने गरेको छ । तर, नेता लामाले दावालाई आफ्नो बडीगार्डका रुपमा कार्यक्रमहरूमासँगै लैजाने गरेको एक कांग्रेस नेताले बताए ।
कांग्रेसका नेता विमलेन्द्र निधिको नजिकका मानिने निवर्तमान सांसद लामाले नै गुन्डा नाइके दावालाई राजनीतिक संरक्षण दिँदै आएका छन् ।
निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पुगाउन सक्नेभन्दै राजधानी र काभ्रे प्रहरीले दावासहितका गुन्डा नाइकेहरूको सूची तयार पारेर निर्वाचनको अवधिभरि थुनामा राख्ने भित्री तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
हुन त अर्का गुन्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गे स्वतन्त्रबाट मनाङ जिल्लामा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि मनाङ्गेले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
स्रोतका अनुसार मनाङ्गेलाई सहयोग गर्न एमालेको तर्फबाट उम्मेदवारी दिएकी खण्डा लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । अब गुन्डा नाइके मनाङ्गेले एमालेको समर्थनमा प्रदेश सभामा जित्ने विपक्षी उम्मेदवारहरूको आरोप छ । नाताले खण्डा मनाङ्गेको बहिनी पर्छिन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...