नगर कपको उपाधि युनाइटेडलाई



हाम्रो इकोनोमि

प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ ।

कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो । विजेता नुवाकोट युनाइटेडका विकेश लामा दुई गोल गरी आफ्नो क्लबलाई विजेता बनाउन सफल भए । विदुरका लागि आकाश राना मगरले एक गोल गरेका थिए ।

उपाधिका साथमा नुवाकोट युनाइटेड फुटबल क्लबले रु ३० हजार, शिल्ड र पदक तथा उपविजेता विदुर युथ सिटी क्लबले रु १५ हजार, शिल्ड र पदक पाएका छन् । गत असोज ३१ गतेदेखि सञ्चालित सो प्रतियोगितामा नुवाकोटका १० फुटबल क्लबको सहभागिता थियो ।

विजेता नुवाकोट युनाइटेडका अनिल प्याकुरेल, उत्कृष्ट गोलरक्षक तथा आयोजक कोलोनी युथ सर्कलका विकास थापा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भए । विजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकास र विस्तार गरी विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...