त्रिशुली नदीमा बस खसेर वेपत्ता



हाम्रो इकोनोमि

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ ।दुर्घटनामा घाईते १५ जनाको उद्धार भएको छ भने अरुको उद्धार कार्य जारी रहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

 

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...