त्रिशुली नदीमा बस खसेर वेपत्ता



हाम्रो इकोनोमि

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ ।दुर्घटनामा घाईते १५ जनाको उद्धार भएको छ भने अरुको उद्धार कार्य जारी रहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

 

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...