प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो, “पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट शुरु भयो ।”

डा यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट गर्नुुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।”

डा आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाउनुभयो ।

उहाँले निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...