क्रिकेट संघ नुवाकोटमा पाठक



नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै यसअघि दुई समिति रहेको क्रिकेट संघ नुवाकोट एक भएको छ । समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा करण खतिवडा र कोषाध्यक्षमा पुनम श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा रामधन ढकाल, विमला भट्ट, राजेन्द्र पनेरु, सुरज सिलवाल, प्रज्वल सापकोटा, राजेश रिमाल, रोक्सनमान दुवाल, अनुजमान श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, विराटमानसिंह डंगोल र दीपेन्द्र प्याकुरेल चयन भएको निर्वाचन मण्डलका संयोजक देवराज कँडेलले जानकारी दिनुभयो ।

क्रिकेटको जिल्ला समितिमा सक्रिय रहनेमध्येको नुवाकोट क्रिकेट संघ उत्कृष्ट रहँदै आएको छ । काठमाडौँ उपत्यकापछि खेल र प्रतियोगिता सञ्चालन हुने जिल्लाका आधारमा नुवाकोट क्रिकेटको सक्रियता उत्कृष्ट रहेको छ ।

नुवाकोटमा उत्पादन भएका खेलाडी राष्ट्रियस्तरसम्म पहुँच जमाउन सकेपनि यहाँ खेल मैदानको अभाव भएकाले त्यसको समाधानका लागि दुई वर्षभित्र राष्ट्रियस्तरको मैदान निर्माण गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले बताउनुभयो ।

एसियाली क्रिकेट संघको सहयोगमा नुवाकोटमा क्रिकेट खेल मैदान बनाउन आर्थिक र प्राविधिक सहयोगको प्रतिबद्धता मिलेको छ । मैदान निर्माणका लागि जग्गा अभावले ढिलाइ हँुदै आएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ११ : ३९  बजे

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ