वाम गठबन्धन बनेपछि देखी सक्रिय अमेरिकी राजदुतले यसकारण दोहोर्याएर देउवालाई भेटिन,के पाक्दैछ नेपालको राजनीतिमा?



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले मंगलबार दोस्रोपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

भेटमा आसन्न निर्वाचन, वाम गठबन्धन, कांग्रेसको पोजिशन र निर्वाचन तयारीबारे छलफल भएको स्रोतले बतायो । जवाफमा प्रधानमन्त्री देउवाले तोकिएको समयमा चुनाव हुने जानकारी गराएका थिए ।

कम्युनिष्टभन्दा डेमोक्रेटलाई बढी प्राथमिकता दिने अमेरिकाले माओवादी केन्द्र र एमालेबीच आगामी मंसिरमा हुने निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने निर्णयपछि पछिल्लो समय राजदूत टेप्लिजलाई सक्रियताका साथ भेटघाटमा खटाएको छ ।

आगामी मंसिरमा हुने निर्वाचनमा बामपन्थी पार्टीहरुबीच तालमेल गर्ने एमाले र माओवादीको निर्णयपछि अमेरिकी राजदूतले प्रधानमन्त्री देउवालाई भेटेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...