मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो



हाम्रो इकोनोमि

मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ ।

पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो ।

दैनिक १५÷२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् । अमेरिका, जापान, हल्याण्ड, फिनल्याण्ड, भारत, कोरिया, चीन, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनलगायत देशबाट पर्यटक जलविहारका लागि आउने गरेको ¥यापिड रनरका पथप्रर्दशक विवेक गुरुङले बताउनुभयो ।

असोजदेखि फागुनसम्म मादी र सेती नदीमा जल विहार गर्नेको घुइँचो लाग्ने गरेको जानकारी उहाँले दिनुभयो । याम शुरु भएसँगै मादी र सेती नदीमा जलविहार गर्नेको भीड बढेको बरिष्ठ पथ प्रर्दशक सुरज भुजेलले बताउनुभयो । कायक्लिङका लागि उक्त नदी नेपालमै सबैभन्दा उत्तम मानिएको अर्का पथ प्रर्दशक सिमन गुरुङले बताउनुभयो ।

जाडोमा तातो र गर्मीमा चिसो हुने पानीको विशेषताका साथै दायाँवायाँ हरियाली, डाँडाकाँडा चराचुरुङ्गीको चिरविरले पर्यटकलाई फेरी पनि जलविहार गर्न मन लाग्ने बनाउँछ । यहाँको जलविहार दुई दिन एक रातको हुने गर्छ । गाईघाट पुगेपछि पर्यटक चितवनको सौराहा र काठमाडौँतर्फ लाग्ने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...