यी-यी हुन् पहिलो चरणका ओजनदार उम्मेदवार,कसको तौल कति छ,को-को हुन् बाजी मार्ने



हाम्रो इकोनोमि

पहिलो चरणको निर्वाचनका लागि आज एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा (प्रजातान्त्रिक) का केही ‘हेभिवेट’ उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन्।
उम्मेदवारी दर्ता गर्नेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसम्म छन्।

नयाँशक्ति पार्टीका संयोजक भट्टराई आँखा चिन्हबाट प्रतिस्पर्धा गर्ने गरी गोर्खा २ बाट उम्मेदवारी दर्ता गराउँदैछन् भने भट्टराई प्रधानमन्त्री छँदा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पनि त्यही क्षेत्रबाटै उम्मेदवारी दर्ता गर्नेछन्।

भट्टराईले कांग्रेस र श्रेष्ठले एमालेको साथ पाएका छन्।

आज उम्मेदवारी दर्ता गराउने कांग्रेसका ‘हेभिवेट’ उम्मेदवारमा पूर्व अर्थमन्त्री रामशरण महत र पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी छन्।

महत र केसीले नुवाकोटको क्रमशः १ र २ प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनेछन्। अर्का कांग्रेस नेता बलबहादुर केसीले एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुबाट उम्मेदवारी दर्ता गर्नेछन् ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक १ बाट उम्मेदवारी दर्ता गराउँदैछन् भने कांग्रेसको समर्थनमा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दर्ता गराउनेछन्।

गोर्खा २ मा नयाँशक्तिका भट्टराईलाई समर्थन गरेको कांग्रेसबाट गोर्खा १ मा भने व्यवस्थापिका संसदका पूर्व प्रमुख सचेतक चिनकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनेछन्।

त्यहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार अधिकारीले श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिनेछन्।
गोर्खासँग सीमा जोडिएको लमजुङमा कांग्रेसबाट केन्द्रीय सदस्य दीलबहादुर घर्तिले उम्मेदवारी दर्ता गर्दैछन् ।

वाम गठबन्धनको तर्फबाट एमालेका ‘हेभिवेट’ उम्मेदवारहरुमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई छन्।

प्रदेश ४ बाट मुख्यमन्त्रीको दावेदार रहेका गुरुङ लमजुङ २ बाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गर्दैछन्।

०६४ को निर्वाचनमा उनी लमजुङ २ बाटै संविधान सभामा निर्वाचित भएका थिए।

अर्का सचिव भट्टराईले ताप्लेजुङबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गर्नेछन्।

प्रदेश १ को मुख्यमन्त्रीको दावेदार रहेका एमालेका पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने भोजपुर २ को प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गर्नेछन्।

प्रदेशसभा १ मा भने अखिलका पूर्व अध्यक्ष राजेन्द्रकुमार राईले उम्मेदवारी दिनेछन्।

एमालेका अर्का प्रभावशाली नेता राजेन्द्रप्रसाद पाण्डे यसपटक धादिङको प्रतिनिधिसभा १ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी धादिङ ३ बाट निर्वाचन हुँदै आएका थिए।

वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका हेभिवेट उम्मेदवारहरुमा पूर्व उपप्रधानमन्त्री श्रेष्ठका अलवा नेता देवप्रसाद गुरुङ छन्। कांग्रेस केन्द्रीय सदस्य दीलबहादुर घर्तिसँग प्रतिस्पर्धा गर्ने गरी गुरुङले लमजुङबाट उम्मेदवारी दिँदैछन्।

यसैगरी पूर्व अर्थमन्त्री वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिनेछन् भने रुकुम पश्चिम) बाट निवर्तमान गृहमन्त्री (हाल विनाविभागीय) उर्जामन्त्री जनार्दश शर्मा प्रभाकर) ले उम्मेदवारी दिँदैछन्।

सिन्धुपाल्चोक २ मा कांग्रेसको समर्थन पाएका राप्रपा (प्रजातान्त्रिक) सँग प्रतिस्पर्धा गर्नेगरी माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले उम्मेदवारी दिनेछन्।

यसैगरी पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट उम्मेदवारी दिनेछन् भने विना विभागीय मन्त्री रहेका निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटबाट उम्मेदवारी दर्ता गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...