मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु



हाम्रो इकोनोमि

मोरङको बेलबारी नगरपालिका–११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको आज मृत्यु भएको छ ।

को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक बेलवारी–१० का २२ वर्षीय युवराज शाह घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...