छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



हाम्रो इकोनोमि

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार गएराति सवा १२ बजेतिर इटहरी–१७ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको को ११ प ८०८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा १३ च ३३४१ नम्बरको कार एकापसमा जुध्दा मोटरसाइकलको पछाडि बसेर यात्रारत रामधुनी–४ का २५ वर्षीय उपेन्द्र घिमिरेको ज्यान गएको छ ।

मोटरसाइकल चालक सोही स्थानका २५ वर्षीय कमल घिमिरे र उपेन्द्र दुवै गम्भीर घाईते भएको अवस्थामा राति नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पु¥याएपछि उपेन्द्रको मृत्यु भएको हो भने कमल घिमिरेको भने उपचार भइरहेको पनि ट्राफिक प्रहरीले जानकारी दिँदै कार चालक बाबुराम प्रधान घाइतेको उपचारमा संलग्न भएपनि उनी प्रहरीको निगरानीमा रहेको बताइएको छ ।

यसैगरी, गएराति नै ११ः३० बजे सुनसरीको दुहवी नगरपालिका–४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्बरको ट्रकले विपरीत दिशावाट अगाडि आउँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलमा यात्रारत दुहवी–४ का २५ वर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुहवी–४ का मोटरसाइकल चालक सञ्जय साह तथा सोही स्थानका मोटरसाइकलमा सवार २५ वर्षीय कृष्ण विश्वास र अर्का पछाडि बसेका २५ वर्षीय कुन्तोष चौधरी गम्भीर घाइते भई उपचारार्थ विराटनगरको गोल्डेन अस्पताल पु¥याएपछि कुन्तोषको मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ ।

गम्भीर घाइते अन्य दुई जनाको भने अस्पतालमा नै उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको र ट्रकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...