एसियन बास्केटबलमा नेपालले भाग लिने



भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि ९यु–१६० वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गर्नुभयो ।
प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा प्रतिक्षा मगर ९कप्तान०, श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकी शेर्पा र अस्मिता थापा छन् ।
त्यसैगरी, टिम म्यानेजरमा सरोजा कोइराला श्रेष्ठ, प्रशिक्षकमा बिपिन कपाली तथा सहायक प्रशिक्षकमा सुशील गुरुङ छन् भने अफिसियलमा राजकुमार महर्जन छन् । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ