एसियन बास्केटबलमा नेपालले भाग लिने



हाम्रो इकोनोमि

भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि ९यु–१६० वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गर्नुभयो ।
प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा प्रतिक्षा मगर ९कप्तान०, श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकी शेर्पा र अस्मिता थापा छन् ।
त्यसैगरी, टिम म्यानेजरमा सरोजा कोइराला श्रेष्ठ, प्रशिक्षकमा बिपिन कपाली तथा सहायक प्रशिक्षकमा सुशील गुरुङ छन् भने अफिसियलमा राजकुमार महर्जन छन् । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...