एनआरएनए अध्यक्षमा भट्ट विजयी



हाम्रो इकोनोमि

गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।

काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर ९डिबी० क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताउनुभयो ।अब सबैलाई साथ लिएर अघि बढ्ने उहाँको भनाइ थियो । निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए ।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...