चुनाब हुने सुनिश्‍चित भए संगै यसरी चम्कियो शेयर बजार,अझै चम्कने यस्तो छ संकेत



प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सुनिश्‍चित भएपछि सेयर बजार फेरि उछाल आएको छ। वाम गठबन्धनपछि पहिरो गएको सेयर बजार सोमबार चम्किएको छ। सोमबार नेप्से परिसूचक ४६.६२ अंकले बढेर १५६४.९० विन्दुमा पुगेको छ । समग्रमा बजार ३.०७ प्रतिशतले बढेको छ। सोमबार कुल ६० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

वाम गठबन्धनपछिको अन्योलका कारण सेयर बजार एकाएक तल ओर्लिएको थियो। वाम गठबन्धनले निर्वाचनमा अन्योलमा पर्नसक्ने, उदार अर्थतन्‍त्र र खुला बजारमा नकारात्मक असर पर्नसक्‍ने भयका कारण लगानीकर्ताहरु केही निरास भएका थिए। तर वाम गठबन्धनमा पहिरो जाने क्रम सुरु भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको थियो र केही दिनदेखि बजार समालिँदै सुधारतिर उन्मुख भएको थियो।

आइतबार दलहरुले समानुपातिकतर्फको बन्द सूची बुझाएपछि निर्वाचन सर्ने आशंका समाप्त भएको छ र निर्वाचन तोकिएको मितिमा हुने निश्‍चित भएको छ। यसले लगानीकर्तमा आत्मविश्वास जगाएको छ।

वाम गठबन्धनमा सहभागी बाबुराम भट्टराई लगायतका नेताहरु अलग भएपछि वाम गठबन्धनको आयु लामो नहुने र यसले बजारलाई खासै फरक नपार्ने निश्कर्षसहित लगानीकर्ता फेरि बजारमा फर्किएका छन्। त्यसैगरी लोकतान्‍त्रिक फोरमलगायतका पार्टीहरु कांग्रेस नेतृत्वको लोकतान्‍त्रिक गठबन्धनमा सामेल भएपछि लोकतान्‍त्रिक समूह बलियो हुने विश्‍वासका कारण पनि लगानीकर्ता फेरि उत्साहित भएका हुन् ।

निर्वाचनपछि मुलुकमा राजनीतिक संक्रमण सकिने, राजनीतिले एउटा स्थिर मार्ग तय गर्ने र समृद्धितर्फ ध्यान केन्द्रित हुने विश्‍वाससहित लगानीकर्ताहरु नयाँ आत्मविश्‍वासका साथ सेयर बजारमा सक्रिय हुन थालेका छन्। खासगरी असारदेखि कात्तिक मंसिरसम्मको समयलाई बजार बढ्ने ग्रिन सिजन मानिन्छ। तर यसपटक राजनीतिक संक्रमण र निर्वाचनको अन्योलका कारण बजार खासै बढेन । लाभांश र बोनसको बाढी आउँदा पनि सेयर बजारको गति सुस्त देखियो।

निकै सस्तोमा अहिले राम्रा कम्‍पनीहरुको सेयर कारोबार भइरहेको छ। यसपटक निर्वाचनपछि सेयर बजारमा बिग बुल आउने अपेक्षा गरिएको छ। प्राय: अफ सिजन मानिने पुस माघ फागुनतिर यसपालि बिग बुल आउने अनुमान लगानीकर्ताहरुले गरिरहेका छन् । त्यही मौका नगुमाउन पनि यतिबेला खेलाडी तथा अन्य लगानीकर्ताहरु सस्तो मूल्यमा धमाधम सेयर होल्ड गरिरहेका छन्। अबको बिग बुल तीन हजारको हाराहारीमा हुने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई नबिल बैंकद्वारा कम्बल वितरण

  नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

     नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २०

नबिल बैंकद्धारा राउटे समुदायलाई निःशुल्क स्वास्थ्य परीक्षण

     नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO