बैंक नहुँदा सेवाग्राहीलाई सास्ती



हाम्रो इकोनोमि

जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु विकास स्थापना भएपनि पनि सरकारी कारोबार गर्न स्वीकृति पाइएको छैन ।

सदरमुकाम म्याङलुङ्ग नगरपालिकामा मात्रै सरकारी कारोबार गर्ने नेपाल बैंक छ । पूर्वी आठराइ गाउँपालिकामा दुई वर्षअघि खुलेको नेपाल बंगलादेश बैंकलाई गत भदौदेखि मात्र सरकारी कार्यालयको कारोबार गर्ने अनुमति राष्ट्र बैंकले दिएको छ ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र छथर गाउँपालिकामा अहिलेसम्म एउटा पनि बैंक खुलेको छैन । बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या भएको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको आठराइ छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।

बैंकको कामकै लागि चार घण्टासम्म पैदल हिँडेर सदरमुकाम आउन बाध्य हुनुपर्ने अवस्था अझै कायमै रहेको छथरवासीको गुनासो छ । गाउँमा बैंक छैन । आर्थिक कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । चालु आवको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, निवृत्तिभरणलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहमा बैंक स्थापना भइनसक्दा स्थानीयवासीले समयमै भुक्तानी पाउन सकेका छैनन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । पूर्वाधार अभाव, सुरक्षा, वित्तीय संकटलगायत विभिन्न कारण देखाएर बैंकले शाखा स्थापनामा ढिलाइ गरिरहेका छन् ।

स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । चालु आवको पहिलो चौमासिकको तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको स्थानीय तहका कर्मचारीले बताएका छन् ।

“प्रक्रिया सबै गाउँमा मिलाउनुपर्छ, पैसा निकाल्न सदरमुकाम आउनु पर्छ,” फेदाप गाउँपालिकाका कार्यकारी अधिकृत सुमन लिङ्देनले भन्नुभयो । गाउँपालिकामा कर्मचारी व्यवस्थापनसमेत भइनसकेको अवस्थामा पहिलेभन्दा अहिले बढी समस्या भोग्नुपरेको उहाँको भनाइ छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो ।

गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि हप्तौँसम्म सदरमुकाममै देखिने गरेका छन् । जनप्रतिनिधि र कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राहीलाई सास्ती भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...