पर्यटकको संख्यामा वृद्धि



हाम्रो इकोनोमि

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।

वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो ।

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा नाका भएर एक हजार ९६८ विदेशी पर्यटक भित्रिएका छन् । सोही नाका भएर एक हजार ३३८ पर्यटक बाहिरिएका छन् ।

गत वर्षको यसै अवधिमा एक हजार ३०० पर्यटक भित्रिएका थिए । सन् २०१६ को डिसेम्बरसम्म दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चीनलगायत देशका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि यहाँ आइपुग्ने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले बताउनुभयो ।

“पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । नेपालका विभिन्न हिमालको सौन्दर्यता नियाल्न, पदयात्रामा निस्कन, परम्परागत कला र संस्कृतिको अवलोकन पर्यटक यहाँ आउने गरेका छन् । सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना भएका धेरै पर्यटकीयस्थल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...