८८ केजी सुन तस्करीका एजेन्ट यसरी परे फेला,सुन तस्कर कांग्रेसबाट प्रदेशसभाका लागि सिफारिस,प्रहरी प्रमुख संग देखियो कनेक्सन



प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका नेपाली एजेन्ट मानबहादुर तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

तामाङ रसुवाको क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिक सिफारिसमा परेका व्यक्ति हुन्। प्रहरीका अनुसार उनी नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन्। उनको प्रहरी प्रमुख प्रकाश अर्याल संग राम्रो हिमचिम थियो।

सुन काण्डमा पक्राउ परेका अन्य अभियुक्तले तामाङको नाम दिएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो। यसअघि प्रहरीले गत असोज ३ गते यही सुन प्रकरणमा काठमाडौंका ५ जना सुन व्यापारी पक्राउ गरेको थियो। उनीहरुमा रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्।

प्रहरी टोलीले भदौ १९ गते बिहान क्षेत्रपाटीमा पार्किङ गरिरहेको अवस्थामा ८८ केजी सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

यसरी बरामद भयो ८८ केजी सुन
राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित भदौ १९ गते सोमबार बिहान प्रहरीले एकजनालाई पक्राउ गर्यो। प्रहरीको फन्दामा परेका मनोज अधिकारी सुन बोकेको गाडी बा२७प ६४२७का चालक हुन्।

उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जनाए। सुराकीका आधारमा एयरपोर्टबाट आएर बिहान २ बजे क्षेत्रपाटीमा पार्किङ गरेको अवस्थामा गाडीबाट सुन बरामद गरिएको हो। गाडीमा भिआइपी लोगो टाँसेर सुन ल्याइएको भेटिएको छ। प्रहरीले सुनको मुख्य तस्करीबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई