८८ केजी सुन तस्करीका एजेन्ट यसरी परे फेला,सुन तस्कर कांग्रेसबाट प्रदेशसभाका लागि सिफारिस,प्रहरी प्रमुख संग देखियो कनेक्सन



हाम्रो इकोनोमि

प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका नेपाली एजेन्ट मानबहादुर तामाङलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

तामाङ रसुवाको क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिक सिफारिसमा परेका व्यक्ति हुन्। प्रहरीका अनुसार उनी नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन्। उनको प्रहरी प्रमुख प्रकाश अर्याल संग राम्रो हिमचिम थियो।

सुन काण्डमा पक्राउ परेका अन्य अभियुक्तले तामाङको नाम दिएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो। यसअघि प्रहरीले गत असोज ३ गते यही सुन प्रकरणमा काठमाडौंका ५ जना सुन व्यापारी पक्राउ गरेको थियो। उनीहरुमा रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्।

प्रहरी टोलीले भदौ १९ गते बिहान क्षेत्रपाटीमा पार्किङ गरिरहेको अवस्थामा ८८ केजी सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

यसरी बरामद भयो ८८ केजी सुन
राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित भदौ १९ गते सोमबार बिहान प्रहरीले एकजनालाई पक्राउ गर्यो। प्रहरीको फन्दामा परेका मनोज अधिकारी सुन बोकेको गाडी बा२७प ६४२७का चालक हुन्।

उनले गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सुन बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जनाए। सुराकीका आधारमा एयरपोर्टबाट आएर बिहान २ बजे क्षेत्रपाटीमा पार्किङ गरेको अवस्थामा गाडीबाट सुन बरामद गरिएको हो। गाडीमा भिआइपी लोगो टाँसेर सुन ल्याइएको भेटिएको छ। प्रहरीले सुनको मुख्य तस्करीबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...