कांग्रेस प्रवेश कार्यक्रममा गिरिजाप्रसादलाई सम्झँदै किन रोए गच्छदार, यस्तो भयो तीन बुँदे सहमति



हाम्रो इकोनोमि

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएको छ।
आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छः

– संविधानलाई थप लोकतान्त्रिक बनाउने।

– आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने।

– थारु, मधेस तथा राजनीतिक आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहा गर्ने।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गच्छदार भावुक बनेका थिए। ‘गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ’ भन्दै गच्छदार रोएका थिए। उनले आफूलाई सम्हाल्दै थपे, ‘दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।

गच्छदारले राजनीतिमा ध्रुबिकरण बढेको भन्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस प्रवेश गरेको बताए। उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरे।

‘मेरो नशानशामा कांग्रेस छ, रगतमा कांग्रेस छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...