बालबालिकालाई खेलकुद सामग्री वितरण



सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

चिकागो नेपाली तराई सोसाइटीले आइतबार जनसेवा राप्रावि मलेठमा अध्ययन गर्ने १५७ जना छात्रछात्रालाई कापी डटपेन, क्रिकेट खेल खेल्ने ब्याट दुई थान, बल दुई थान, दुई भलिबल, ब्याडमण्टिन, छ स्कीपिङलगायत खेलकुदका सामग्री वितरण गरेको हो ।

सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष सुरेश अग्रवाल, मारवाडी युवा मञ्चका मधुसुधन कावरा, राहुल साह, सावन चौधरी र असोक ठाकुरले सोही विद्यालयका छात्रछात्राको लागि खाजाका लागि बिस्कुट, चाउचाउ, फ्रुटी, वितरण गर्नुभएको संस्थाका मधुसुधन कावराले बताउनुभयो ।

म्यादी प्रहरीमा दश हजार आवेदन दर्ता

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नाका लागि भर्ना हुनेको यहाँ भीड लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले म्यादी प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेपछि युवाको व्यापक आकर्षण बढेको पाइएको छ । बढ्दो बेरोजगारीका कारण यतिखेर मधेशका युवा चर्को घाम, भोकभोकै र राति खुल्ला आकाशमुनि बसेर भए पनि फारम भर्नमा व्यस्त देखिएको हनुमानगर कंकालनी नगरपालिका–२ बाट म्यादी प्रहरीमा भर्नाको लागि आवेदन दर्ता गर्नको लागि सदरमुकाम राजविराज आउनुभएका वीरेन्द्र प्रमाणीले बताउनुभयो ।

विगतको भर्नामा महिला सहभागिता न्यून देखिएको भए पनि हाल महिला सहभागिता अत्यधिक बढेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उहाँले असोज २४ गतेदेखि म्यादी प्रहरी भर्नाका निवेदन खुलेकोमा हालसम्म १० हजार जनाले आवेदन दर्ता गराइसकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन