बालबालिकालाई खेलकुद सामग्री वितरण



हाम्रो इकोनोमि

सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

चिकागो नेपाली तराई सोसाइटीले आइतबार जनसेवा राप्रावि मलेठमा अध्ययन गर्ने १५७ जना छात्रछात्रालाई कापी डटपेन, क्रिकेट खेल खेल्ने ब्याट दुई थान, बल दुई थान, दुई भलिबल, ब्याडमण्टिन, छ स्कीपिङलगायत खेलकुदका सामग्री वितरण गरेको हो ।

सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष सुरेश अग्रवाल, मारवाडी युवा मञ्चका मधुसुधन कावरा, राहुल साह, सावन चौधरी र असोक ठाकुरले सोही विद्यालयका छात्रछात्राको लागि खाजाका लागि बिस्कुट, चाउचाउ, फ्रुटी, वितरण गर्नुभएको संस्थाका मधुसुधन कावराले बताउनुभयो ।

म्यादी प्रहरीमा दश हजार आवेदन दर्ता

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नाका लागि भर्ना हुनेको यहाँ भीड लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले म्यादी प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेपछि युवाको व्यापक आकर्षण बढेको पाइएको छ । बढ्दो बेरोजगारीका कारण यतिखेर मधेशका युवा चर्को घाम, भोकभोकै र राति खुल्ला आकाशमुनि बसेर भए पनि फारम भर्नमा व्यस्त देखिएको हनुमानगर कंकालनी नगरपालिका–२ बाट म्यादी प्रहरीमा भर्नाको लागि आवेदन दर्ता गर्नको लागि सदरमुकाम राजविराज आउनुभएका वीरेन्द्र प्रमाणीले बताउनुभयो ।

विगतको भर्नामा महिला सहभागिता न्यून देखिएको भए पनि हाल महिला सहभागिता अत्यधिक बढेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उहाँले असोज २४ गतेदेखि म्यादी प्रहरी भर्नाका निवेदन खुलेकोमा हालसम्म १० हजार जनाले आवेदन दर्ता गराइसकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...