चितवनमा वामलाई ठाम मिलाउन हम्मे,‘प्रचण्ड’ र ‘बादल’ रिङ्ग आउट हुन सक्ने यस्तो छ सम्भावना,के गर्दैछ एमाले?



आगामी प्रतिनिधीसभाको निर्वाचनमा चितवनवाट चुनाव लड्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीका नेता रामवहादुर थापा ‘वादल’ले यसै चितवनमै चाहाना राखेपछि असहजता उत्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा चितवनमा सवैभन्दा वढी मत पाएको एमालेलाई तीन क्षेत्रमध्ये दुई क्षेत्र छाड्न माओवादी केन्द्रले आनाकानी गरेपछि एमालेका स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

वाम गठवन्धनवाटै उम्मेदवार वन्न लागेका माओवादी अध्यक्ष प्रचण्डलाई एमालेका स्थानीय नेता कार्यकर्ताको असन्तुष्टिले जित हासिल गर्न कठिन परिस्थिति रहेको एक नेताले बताए ।

चितवनको क्षेत्र नम्वर–३ वाट प्रचण्ड उम्मेदवार वन्ने तयारीमा छन् । अर्का नेता थापाले पनि क्षेत्र नम्वर २ वाट चुनाव लड्ने चाहाना गरेपछि एमाले चितवनका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ ।

क्षेत्र नम्वर २ वाट एमालेले चितवनका वर्तमान अध्यक्ष कृष्णभक्त पोखरेललाई उम्मेदवार वनाउने सर्वसम्मत निर्णय गरेको छ । पोखरेल जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

माओवादी नेता थापाले अडान लिइरहदा यस्को प्रत्यक्ष असर प्रचण्डलाई पर्नेछ । चितवनका वाम वुद्धिजीवी प्राध्यापक रमाकान्त सापकोटाले वाम गठवन्धनले सुखद् परिणाम प्राप्त गर्न एमालेले दुई वटा र माओवादी केन्द्रले एउटा क्षेत्रमा उम्मेदवार अघि सार्नु उपयुक्त हुने बताए । उनले एमालेलाई दुई र माओवादी केन्द्रले एउटा क्षेत्रमा उम्मेदवारी दिदाँ उपयुक्त हुने बताउ ।

भरतपुर महानगरपालिकाको पत्रपत्र च्यातिएको घटनापछि जिल्लामा एमाले र माओवादी नेता कार्यकताबीच सम्वन्ध तिक्तापूर्ण थियो । त्यसमाथि चितवनको क्षेत्र नम्वर २ मा एमालेका कृष्णभक्त पोखरेललाई अगाडि नसारी माओवादी केन्द्रका थापालाई अघि सारिए एमालेका जिल्लाका नेता कार्यकर्ता निरुत्साहित हुने त्यसको प्रत्यक्ष असर प्रचण्डलाई पुग्न सक्ने चितवन जिल्ला अदालत वार एशोसिएसनका पूर्वअध्यक्ष जगन्नाथ भण्डारीको भनाइ छ । ‘माओवादी र एमालेबीच भनिएको ६०–४० को भागवण्डा र जिल्लाको बस्तुगत अवस्थाले पनि माओवादी केन्द्रले दुईवटा निर्वाचन क्षेत्रमा दावा गर्न सुहाँउदैन ।’

चितवनमा तीन वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्वर एकमा एमालेका सुरेन्द्र पाण्डे उमेदवार बन्दैछन् । क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उमेदवार बन्ने सम्भावना छ ।

क्षेत्र नम्वर २ मा एमालेले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र माओवादी केन्द्रले थापालाई अघि सारेको छ । क्षेत्र नम्वर २ मा दुवै पार्टीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्