यसरी जोखियो वाम र लोकतान्त्रिक गठबन्धनको हैसियत,६ लाख बढीले वाम गठबन्धन यसरी देखियो अगाडी



हाम्रो इकोनोमि

एमाले माओवादी केन्द्रले वामपन्थी गठबन्धन निर्माण गरेर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि नेपाली कांग्रेसले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेको छ।

पहिलो गठबन्धनमा मुख्य रुपमा एमाले र माओवादी केन्द्र छन् भने विघटित व्यवस्थापिका– संसदमा तीन स्थान रहेको नेकपा (संयुक्त) माओवादी केन्द्रमा विलय भइसकेको छ।

वैचारिक रुपमा यही गठबन्धन निकट देखिएका माले, राष्ट्रिय जनमोर्चा र नेमकिपाले यसमा सामेल हुने नहुने निर्णय गरिसकेका छैनन्।

एमाले–माओवादी केन्द्रद्धारा निर्मित वाम गठबन्धनको तुलनामा कांग्रेस नेतृत्वमा गठन गरिएको गठबन्धनमा प्राप्त मत र स्थानीय तह एवं विघटित प्रतिनिधि सभाका सिट संख्याका दृष्टिले मध्यम हैसियत राख्ने दलहरु धेरै छन्।

कांग्रेसका अलवा यो गठबन्धनमा संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), फोरम (लोकतान्त्रिक) सामेल छन् । सुरुमा वाम गठबन्धनमा सामेल बाबुराम भट्टराई नेतृत्व नयाँशक्ति पनि यही गठबन्धनमा सामेल हुने सम्भावना बढेको छ।

दुई गठबन्धन मध्ये वाम र लोकतान्त्रिक गठबन्धनका विशेषता, हैसियत, शक्ति र वैचारिक अडान निम्न बमोजिम रहेको देखिन्छ।

वाम गठबन्धन
यो दुई ठूला वामपन्थी दलहरुको गठबन्धन हो, यसका मुख्य दलहरु एमाले र माओवादी केन्द्र हुन् । समान सैद्धान्तिक दृष्टिकोण भएका कम्युनिष्ट पार्टीहरु यो गठबन्धनमा सामेल भएका छन् ।

गठबन्धनमा सामेल मुख्य दल एमाले र माओवादी केन्द्रको देशव्यापी रुपमा प्रभाव छ। यो गठबन्धनले खासगरी पहाडी भूभाग र पूर्वी–पश्चिम तराईमा प्रभाव जमाउने देखिन्छ।

मतः ४८ लाख ५४ हजार (एमाले र माओवादी केन्द्र)।

केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल गरी ४ जना पूर्व प्रधानमन्त्री छन्।

धर्मनिरपेक्षतावादीहरुको बाहुल्यता रहेको यो गठबन्धनले आर्थिक सम्बृद्धि र समाजवादलाई आफ्नो ध्येय बनाएको छ।

लोकतान्त्रिक गठबन्धन
यो गठबन्धनमा लोकतन्त्रवादीदेखि राजावादीसम्म सामेल छन्। यसको मुख्य दल नेपाली कांग्रेस हो। यसमा मध्यमस्तरका प्रभाव भएका झण्डै आधा दर्जन दल छन्। दलहरुमा समान सैद्धान्तिक दृष्टिकोण देखिन्न। कांग्रेसबाहेक अन्य दलको प्रदेशगत र कतिपय दलको जिल्ला र अनि गाउँपालिकास्तरमा मात्र प्रभाव छ। मूलत २ नम्बर प्रदेश र ५ नम्बर प्रदेशको तराई–मधेशमा यो गठबन्धनले प्रभाव जमाउने देखिन्छ।

मतः ४२ लाख ७० हजार (कांग्रेस, राजपा, फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, नयाँशक्ति)।

शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई गरी ३ जना पूर्व प्रधानमन्त्री छन्।

हिन्दूवादी राप्रपाको उपस्थितिका कारण यो गठबन्धन धर्मनिरपेक्षताका सम्बन्धमा अस्पष्ट छ भने सामुहिक वैचारिक दृष्टिकोण पनि छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...