यी हुन राष्ट्रपतिले प्रमाणिकरण गरेका १० विधेयक



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...