चिया बगानले पर्यटकलाई आकर्षित गर्दै



हाम्रो इकोनोमि

पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।

क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउनुहुन्छ ।

“देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, गुरुङले भन्नुभयो, “हामीलाई त राम्रो लागेको छ ।”

हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ ।

प्राकृतिक सुन्दरतासँगै चिया बगानलाई पनि मुख्य आकर्षक सम्पदाका रुपमा लिएको क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

“प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, घलेले भन्नुभयो, “अहिले चिया बगान पनि पर्यटकका लागि मुख्य आकर्षक बनेको छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना ९एक्याप० भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी एक्यापको अगुवाइमा हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ ।

उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ ।

प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...

शीतलहरका कारण दाउन्नेमा राजमार्ग अवरुद्ध

    शीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको...

सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी

     होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...