निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप



हाम्रो इकोनोमि

नेकपा (एमाले)सँग आवद्ध विभिन्न भातृसंगठनले निर्वाचनको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा र लोकतान्त्रिक खेलकुद महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलले आज सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचनलाई पर धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

चुनावको मुखमा सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको छ, विज्ञप्तिमा भनिएको छ– “चुनाव सार्न सक्ने मनसायकासाथ निर्वाचन आचार सहिंताविपरीत मन्त्रिपरिषद् विस्तार गर्ने काममा सरकार लागिपरेको छ ।”

“कुनै पनि वहानामा चुनाव सार्ने षड्यन्त्र नगर्न र संविधानलाई संस्थागत हुन नदिने देशी विदेशी प्रतिक्रियावादी शक्तिको योजनाअनुसार काम नगर्न हामी सरकारलाई सचेत गराउन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...