संसद्को अन्तिम बैठक जारी, कसले के भने



हाम्रो इकोनोमि

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ ।

बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिनुभएको छ ।

अधिकांश साना दलका नेताको बोल्ने क्रम सकिएपछि प्रमुख दलका शीर्ष नेताले सम्बोधन शुरु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारीको मनोनयनको अघिल्लो दिन आज वर्तमान संसद्को अवधि आजै मध्यरातिदेखि सकिनेछ । विसं। २०७० मंसिर ४ मा भएको ६०१ सदस्यीय दोस्रो संविधानसभाले २०७२ असोज ३ मा संविधान जारी गरेपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको हो ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका डा शिवजी यादव, नेकपा (माले) का सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल राष्ट्रिय जनमोर्चाका चित्रहादुर केसी, नेपाल परिवार दलका मीनकुमारी राजवंशी, स्वतन्त्र सांसद् श्यामकुमार श्रेष्ठ (काभ्रे), बहजनशक्ति पार्टीका विश्वेनद्र पासवान, संघीय लोकतान्त्रिक मञ्च) भरुहटका रुक्मिणी चौधरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, नयाँ शक्ति नेपालका गंगा चौधरी, बौद्धिक जनतान्त्रिक परिषद्का लक्ष्मण राजवंशी, अखण्ड पार्टी नेपालका डा कुमार खड्का, जनजागरण पार्टीका लोकमणि ढकालले मन्तव्य राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...