एक अरब बढीको शेयर कारोबार



धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०।६७ अंकले बढेर ३१७।६३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ५६ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ६२ हजार कित्ता शेयर कारोबार भयो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्र तर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

      प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा

राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ

  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो