भरतपुरमा विद्युत्को अनलाइन भुक्तानी सेवा



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युत्को महसुस भुक्तानी सेवा शुरु गरेको छ । यो सेवा शुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट र निश्चित बैंकमार्फत् मात्रै बिल भुक्तानी गर्ने व्यवस्था गरेकोमा असोज महिनाबाट अनलाइनबाट समेत भुक्तानी सेवा शुरु गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले ई–सेवा प्रालि र पे–प्वाइन्टमार्फत् पनि बिल भुक्तानी गर्ने व्यवस्था गरिएको जनाएको छ । केन्द्रका प्रमुख रामदुलार यादवले प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिएफएस रेमिट प्रालि, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक र हिमालयन बैंकबाट पनि बिल भुक्तानी गर्न सकिने जानकारी दिनुभयो ।

केन्द्रले मिटररिडिङ गरेपछि ग्राहकको उक्त विवरण प्रणालीमा अपलोड गर्ने र सोही प्रणालीका आधारमा अनलाइन सेवा प्रदायक कम्पनी र बैंकहरुले भुक्तानी लिने यादवले बताउनुभयो ।

केन्द्रले तोकेको समयमा विद्युत् महसुल बुझाएमा अनलाइन र बैंकमार्फत् भुक्तानी गर्दा समेत कार्यालयले दिने गरेको छुट पाइने र अतिरिक्त शुल्क पनि तिर्न नपर्ने केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले बताए ।

अनलाइन बिल भुक्तानी सेवा प्रारम्भ गरेपछि सेवाग्राहीले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत् महसुल बुझाउन पाउने पौडेलको भनाइ थियो ।

यसअघि भरतपुर वितरण केन्द्रमा लामो समय लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने बाध्यता रहेको थियो । सेवाग्राहीले विद्युत् महसुल बुझाउँदा तीन÷चार घण्टा लाइनमा बस्नुपर्ने गुनासो गर्दै आएका थिए । भरतपुर वितरण केन्द्रमा ७४ हजार सेवाग्राही रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले यसअघि काठमाडौँं, पोखरालगायतका शहरमा पनि अनलाइन भुक्तानी सेवा शुरु गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...