एनआरएनएको आठौं विश्वसम्मेलन र अधिवेशन आजबाट राजधानीमा, नेतृत्वका लागी त्रिपक्षीय भिडन्त हुदै



हाम्रो इकोनोमि

गैरआवासीय नेपाली संघ एनआरएनए को आठौं विश्व सम्मेलन र अधिवेशन आजबाट राजधानीमा भएको छ । राजधानीको हायत होटलमा हुने सम्मेलनको आज एक कार्यक्रमका विच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विश्वभरबाट करिव दुई हजार बढि एनआरएनहरुले सहभागीता जनाउदैछन् ।

सम्मेलनले दुई वर्षे कार्यकालका लागी नया नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । अहिलेसम्म अध्यक्षमा तीन जनाले उम्मेद्धारी घोषणा गरिसकेका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी उपाध्यक्ष भवन भट्ट, आईसीसी सदस्य जमुना गुरुङ र टिबी कार्कीले उम्मेद्धारी घोषणा गरिसक्नु भएको छ । मुख्यतय भट्ट र गुरुङविच प्रतिष्पर्धा हुने आकंलन गरेपनि कार्की पनि बलियो उम्मेद्धार रहेको एनआरएनहरु बताउछन् । गुरुङ भने वर्तमान अध्यक्ष शेष घलेकी श्रीमति समेत हुनुहुन्छ ।

यसैगरी सम्मेलनबाट एनआरएनएको विकास र विस्तार तथा भिजन २०२० एण्ड वियोण्डका विषयमा थप स्पष्ट धारणा बनाउने बताइएको छ । साथै एनआरएनएले थालेको मेगा परियोजना समयमै सम्पन्न गर्न के कस्ता कदम चाल्ने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ । वर्तमान अध्यक्षले अघि सारेको भिजन २०–२० एण्ड वियोण्डका पक्षमा अध्यक्षकी प्रत्यासी गुरुङ खुलेर लागेकी छन् भने पुर्व अध्यक्ष जिवा लामिछाने र वर्तमान महासचिव बद्रि केसी विरोधमा छन् । सन् २००३ गैर आवासीय नेपाली संघ स्थापना भएको समय बनाइएको मार्गदर्शक दृष्टिकोण एक्सपायर भएकोले नयाँ अवधारणा ल्याइएको गुरुङको दावी छ । एनआएनए भन्दा बाहिरबाट ल्याइएका व्यक्ति मार्फत तयार गरिएको दृष्टिकोण मान्य नहुने अर्को पक्षको राय छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...