चन्द्रागिरीका साहु चन्द्रले गरे मुर्तीको तस्करी,असली भालेश्वरको मुर्ती गायब पार्दा के हेर्छ प्रहरी



काठमाडौं जिल्ला अन्तरगत पर्ने चन्द्रागीरी नगरपालिकाको चन्द्रागिरी डाँडामा अबस्थीत असली भालेश्वरको मुर्ति गायब भएको छ । सुरुबाटै विवादित चन्द्रागिरी केबलकार निमार्ण गर्दानै सो स्थानमा भएको असली भालेश्वरको मुर्तिलाई रातारात भारतमा लगेर बिक्री गरेको समेत आरोप स्थानीय बासिन्दाहरुको रहेको छ । लामो समयदेखि सो क्षेत्रमा रहेको भालेश्वरको मुर्ति हराएको भन्ने खबर प्राप्त भएपछि यथार्थ के हो भन्ने बुझ्न सो क्षेत्रमा पुग्दा र स्थानीय बासिन्दाको भनाई अनुसार असली मुर्ति त्यहाँबाट गायव बनाएको प्रमाणित भएको छ ।

चन्द्रागिरी डाडोमा रहेको असली ४ मुखे शिवको मुर्तिलाई रातारात केबलकार बनाउने समयमा सो स्थानबाट लगेको आरोप चन्द्र ढकालालाई लागेको छ । सो बारे बुझ्न पुगेको एक टोलीसंग स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार चन्द्रागिरीमा केबलकार बनाउनु अगाडी सम्म चारमुखे शिवको मुर्ति रहेकोमा अहिले सो मुर्ति नभएको र सो स्थानमा ढुंगा गाँडेको अबस्थामा भेटिएपछि असली मुर्ति चोरी भएको बताए । सो मुर्तिलाई बोरामा हालेर निमार्णको सुरुमै एक कामदारलाई बोकाई गायव बनाएको बताएका छन् ।

धार्मिक र इतिहाँसमा समेत महत्वपूर्ण रहेको सो स्थानलाई चन्द्र ढकाल लगायतको एक समुहले पछिल्लो समय पुरातत्व विभागको अनुमति बिना व्यापारीक प्रयोजनकालागि स्थान हड्प्ने कार्य समेत बढ्दै गएको छ । चन्द्रागिरीमा बहुमुल्य पत्थर र कतै नभएको एतिहाँसिक भालेश्वरको मुर्तिलाई रातारात भारतहुदै अनेत्र मुलुक पु¥याएको समेत आरोप स्थानीय बासिन्दाको रहेको छ । सो स्थानमा केबुलकार निमार्ण गर्ने समयमा बहुमुल्य पत्थर र भालेश्वरको मुर्ति भारत नलैजाने समयसम्म स्थानीय बासिन्दालाई समेत निमार्ण स्थलमा जान रोक लगाएको थियो ।

पर्यटकीय डाँडो चन्द्रागिरीको जंगल फाँडेर सञ्चालन गरिएको केबलकार तथा होटल व्यवसाय एकपछि अर्को गर्दै विवादमा तानिदै आउदा समेत सरकारले कुनै कारबाही गर्न सकेको छैन् । ढकालले उच्च पदस्थ कर्मचारी देखि नेतालाई समेत कमिशनको थैली दिएर देशको महत्वपूर्ण बस्तुलाई विना रोकतोक व्यक्तिगत रुपमा बिक्री गर्दा समेत सो बारे कुनै चासो सरकारको रहेको छैन ।

धार्मिक पर्यटन प्रबद्र्धनको आवरणमा केबलकारसँगै होटल सञ्चालन गरेर त्यहाँको जैविक पर्यावरणलाई विनाश त गरेसंगै बहुमुल्य पत्थर, पृथ्थीनारायण शाहाले राखेको पुरातत्वका बहुमुल्य सामान सवै निकालेर लगेको स्थानीयको आरोप चन्द्र ढकाललाई लगाएका छन् । यस सम्बन्धमा अझै थप महत्वपूर्ण शिलालेख र मुर्तिको बारेमा खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।

कौडिको मोलमा ३६ हेक्टर जंगल कब्जा गरेर सञ्चालन गरिएको केबलकार र होटलमा उपभोक्तासँग अस्वभाविक रुपमा शुल्क लिने गरेको छ । ३६ हेक्टर जंगल उपयोग गरेवापत राज्यलाई मासिक २१ हजार रुपैयाँ मात्रै बुझाउने गरी बन अतिक्रम गरेका छन् भने सो जंगललाई व्यक्तिगत रुपमै बनाउने खेल समेत पछिल्लो समयमा ढकालले गर्न थालेका छन् ।

 

ग्लोबल आइएमई बैंकका सञ्चालकसमेत रहेका ढकालको नेतृत्वको व्यवस्थापन समूहले पर्यटकीय चन्द्रागिरीमा केबलकारसँगै होटल व्यवसाय सञ्चालन गर्ने अनुमती सरकारले विना अनुगमन दिएको थियो । संसदीय समिति तथा राज्यका सरोकारवाला निकायले पटकपटक ध्यानार्कषण गराउँदा पनि ढकाल समुहले आफ्ना बदमासी सच्याउने, स्थानीय मागलाई सम्बोधन गर्ने र स्थानीय पर्यावरणलाई संरक्षण गर्नेतर्फ कुनै चासो अहिले सम्म दिएको छैन । अहिले सो जंगलभित्र विभिन्न अबैध कृयाकलाप गर्ने स्पोटहरु निमार्ण हुदै छ ।

माधवकुमार नेपाल नेतृत्वको तत्कालिन सरकारले ३६ हेक्टर क्षेत्र कबुलियती वनको रुपमा उपयोग गर्न दिने गरी २०६७ माघ २८ गते निर्णय गरेको थियो । वनमन्त्री दिपक बोहराले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । २०७३ मंसिर ३० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केबलकारको उद्घाटन गरेसंगै सुरु भएको राज्यको सम्पत्ती दोहन अझै सम्म रोकिएको छैन ।

सरकारले ४० वर्षका लागि चन्द्रागिरीको ३६ हेक्टर वन क्षेत्र निजि कम्पनीलाई भाडामा दिंदा वन ऐन नियमावली मिचिएको छ । सो स्थानमा विना प्रतिस्पर्धा चन्द्रागिरीको जंगल फडानी गरी जबरजस्ती केवलकार र होटल चलाउन काठमाडौं फनपार्क र चन्द्रगिरी हिल्स लिमिटेडलाई सरकारले कमिशन लिएर स्वीकृति दिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ । चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो ।

ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको थियो । केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको भन्दै स्थानीयले विरोध गरेपनि शक्ति केन्द्रसँगको साँठगाँठका कारण सो स्थान व्यक्तिगत रुपमा भोगचलन गर्दै आएको छ ।

चन्द्रगिरी कम्पनीले केबलकार र होटेल बनाएर स्थानीय संस्कृति र पर्यावरण जोखिममा परेको भन्दै स्थानीयले विरोध गरे पनि सरकारी निकायबाटै सो विरोधलाई दबाउने काम समेत गरेको छ । सो बारे पटकपटक सम्बन्धित निकाय ढकाल समुहलाई फोन सम्र्पक गर्दा फोन रिसिव गरेनन् भने सो हिल्समा कार्यरत कुनै पनि कर्मचारीले आफ्नो परिचय ९नाम० समेत भन्न चाहेनन् । पटकपटक फोन र केबुलकारमा कार्यरत कर्मचारीको नाम भन्न अनुरोध गर्दा उनीहरु बसेको स्थानबाट टाडा भागेका थिए ।

धार्मिक महत्व
शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेवको दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।

ऐतिहासिक महत्व
ऐतिहासिक महत्वका हिसाबले पनि चन्दागिरी निकै महत्वपूर्ण स्थान हो । नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए । उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ ।
सो समयमा पृथ्वीनारायण शाहाले पुजाआँजासंगै महत्वपूर्ण दास्तावेज समेत लिपिबन्द्ध गरेको स्थानीय बासिन्दाको अनुभब रहेको छ । सो स्थानमा पृथ्वी नारायण शाहाले स्थापना गरेको महत्वपूर्ण शिलालेखसंगै असली चारमुखे भालेश्वर अर्थात शिवको प्रतिमा समेत अहिले हराएको छ । सो बारे थप विवरणको खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।

तिब्रखबर डटकम ले उल्लेख गरेको छ  ( रोशन कार्की )

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको