देउवालाई लाग्ने भयो झट्का,नयाँ मन्त्रीहरूको सपथ रोकियो, राष्ट्रपति परामर्श गर्दै



हाम्रो इकोनोमि

उपप्रधानमन्त्रीमा कमल थापासहित चार जनालाई मन्त्रिपरिषद्मा थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श थालेकी छिन्।

शनिबार संसदको म्याद सकिनुअघि नै प्रधानमन्त्री देउवाले शुक्रबार उपप्रधानसहित चार मन्त्री थप गर्ने निर्णय गरेको पत्र राष्ट्रपति कार्यालय पुगेको थियो। देउवाले शनिबार संसद विघटन भएपछि माओवादीका मन्त्रीलाई बर्खास्त गरी थपिएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए।

माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भैसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गर्ने कार्य आचार संहिता विपरित हुने बताइरहेका बेला राष्ट्रपति भण्डारीले सपथग्रहण गराउनुअघि निर्वाचन आयोगसँग परामर्श गर्न लागेकी हुन्।

भण्डारीले शुक्रबारबाटै कानुनविदहरूसँग अनौपचारिक परामर्श लिइरहेको बताउँदै राष्ट्रपति कार्यालय शनिबार नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुँदैछ भन्ने हल्ला निराधार भएको जनाएको छ।

राष्ट्रपति कार्यालयले आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविदसँग परामर्श गरेर शपथ ग्रहणबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। आयोगले यसअघि नै देउवाले विस्तार गरेको मन्त्रीपरिषद् विस्तारलाई आचारसंहिता विपरित भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...