के भने देउवाले नेपाल प्रहरीलाई , किन हाँसे सबै गललल



हाम्रो इकोनोमि

काठमाडौं– प्रधानमन्त्री देउवा पटक पटक बिवादमा आइरहने गरेका छन । आजपनि एक पटक थप बिवादमा आए । कहिले भाषणको कागज भनेर जनताले बुझाएको ज्ञापनपत्र पढ्ने त कहिले भाषणमै नभएको विषय बोलेर विवादमा तानिएका प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार पनि लापरबाहीका कारण हाँसोका पात्र बनेका छन् । प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा देउवाको व्यवहारबाट प्रहरी अधिकारीहरु चकित भए ।

६२ औं प्रहरी दिवस मनाउन प्रहरीले देउवालाई प्रमुख अतिथिको रुमपा बोलाएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने पालो आएपछि उनी पोडिममा गए । देउवाले छेउमा रहेका व्यक्तिलाई सोधे यो भाषण कसले लेखेको हो । देउवा आफु माइकमा छु भन्ने थाहा पाएनन् । जसकारण कार्यक्रममा रहेका सबैले सुने । उनको हुस्सुपन देखेर प्रहरी अधिकारीहरुले हाँसो रोक्न सकेनन् ।

यो घटनाले प्रधानमन्त्रीको सचिवालय कति अस्तव्यस्त छ भन्ने पनि प्रष्ट हुन्छ । किनकी कार्यक्रममा जानुअघि त्यसबारे कसैसँग सल्लाह समेत गरेका थिएनन् ।

कसले भाषण लेख्छ भन्ने पनि उनी मतलब गर्देनन् । ‘यस्ता व्यक्तिले कसरी देश चलाइरहेका होलान्,’ प्रहरी अधिकारीहरु व्यंग्य गर्दै थिए । देउवा यसअघि पनि नराम्रोसँग सार्वजनिक कार्यक्रममा चिप्लिएका छन् ।

दुई महिनाअघि बाढीपीडितलाई भेटन सप्तरी गएका उनले भाषण भन्ठानेर जनताले बुझाएको ज्ञापनपत्र पढेका थिए । गत महिना भारत भ्रमणका क्रममा पनि उनी भाषणमा चिप्लिएर संविधान संशोधनको विषयमा अनाबश्यक बोलेका थिए । राम्रो टिम नहुँदा देउवा यसरी विवादमा फस्ने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...