के भने देउवाले नेपाल प्रहरीलाई , किन हाँसे सबै गललल



काठमाडौं– प्रधानमन्त्री देउवा पटक पटक बिवादमा आइरहने गरेका छन । आजपनि एक पटक थप बिवादमा आए । कहिले भाषणको कागज भनेर जनताले बुझाएको ज्ञापनपत्र पढ्ने त कहिले भाषणमै नभएको विषय बोलेर विवादमा तानिएका प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार पनि लापरबाहीका कारण हाँसोका पात्र बनेका छन् । प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा देउवाको व्यवहारबाट प्रहरी अधिकारीहरु चकित भए ।

६२ औं प्रहरी दिवस मनाउन प्रहरीले देउवालाई प्रमुख अतिथिको रुमपा बोलाएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने पालो आएपछि उनी पोडिममा गए । देउवाले छेउमा रहेका व्यक्तिलाई सोधे यो भाषण कसले लेखेको हो । देउवा आफु माइकमा छु भन्ने थाहा पाएनन् । जसकारण कार्यक्रममा रहेका सबैले सुने । उनको हुस्सुपन देखेर प्रहरी अधिकारीहरुले हाँसो रोक्न सकेनन् ।

यो घटनाले प्रधानमन्त्रीको सचिवालय कति अस्तव्यस्त छ भन्ने पनि प्रष्ट हुन्छ । किनकी कार्यक्रममा जानुअघि त्यसबारे कसैसँग सल्लाह समेत गरेका थिएनन् ।

कसले भाषण लेख्छ भन्ने पनि उनी मतलब गर्देनन् । ‘यस्ता व्यक्तिले कसरी देश चलाइरहेका होलान्,’ प्रहरी अधिकारीहरु व्यंग्य गर्दै थिए । देउवा यसअघि पनि नराम्रोसँग सार्वजनिक कार्यक्रममा चिप्लिएका छन् ।

दुई महिनाअघि बाढीपीडितलाई भेटन सप्तरी गएका उनले भाषण भन्ठानेर जनताले बुझाएको ज्ञापनपत्र पढेका थिए । गत महिना भारत भ्रमणका क्रममा पनि उनी भाषणमा चिप्लिएर संविधान संशोधनको विषयमा अनाबश्यक बोलेका थिए । राम्रो टिम नहुँदा देउवा यसरी विवादमा फस्ने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको