‘नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका’



हाम्रो इकोनोमि

नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ ९एनआरएन०को सहकार्यमा आज यहाँ आयोजित ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था विषयक काव्य विमर्श तथा विशेष गोष्ठी’मा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
साहित्यकार एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन एनआरएनले प्रतिष्ठानसँग सहकार्य गर्नु राम्रो कामको थालनी भएको बताउनुभयो ।

“नेपाल बाहिर रहेका नेपाली सर्जकको पुस्तक छापेर प्रतिष्ठानले पनि डायस्पोरिक साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो ।

एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोले संसारकै सबैभन्दा राम्रो भाषा, साहित्य, धर्म, संस्कृति भएको मुलुक नेपाल भएको भन्दै यसलाई व्यापकरूपमा अन्तर्राष्ट्रियस्तरमा फैलाउनु जरुरी रहेको बताउनुभयो । “देशको आर्थिक विकास भएमात्र भाषा, साहित्य, धर्म, संस्कृतिको विकास हुन्छ”, उहाँले भन्नुभयो ।

एनआरएनका अर्का पूर्व अध्यक्ष जिवा लामिछानेले एनआरएनको स्थापना गर्दा नेपालको भाषा, धर्म, संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउने उद्देश्य लिएकाले एनआरएनले प्रज्ञा–प्रतिष्ठानसँग समन्वय गरी अगाडि बढेको बताउनुभयो । “म एनआरएनको अध्यक्ष हुँदा नै मैले नेपाली साहित्यको विकासका लागि प्रतिष्ठानसँग समझदारी गरेको हुँ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो समयदेखि नेपाली भाषा र साहित्यको विकासमा लागेको प्रतिष्ठान आगामी दिनमा पनि विभिन्न साहित्यिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनआरएन भाषा तथा साहित्य कार्यदलका संयोजक विश्वास दिपतिगेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख डा अमर गिरीलगायतले एनआरएनले छोटो समयमा धेरै काम गरेको भन्दै नेपाली भाषा र साहित्यलाई विभिन्न भाषाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम्जी तिमल्सिनाले नेपाली डायस्पोरिक काव्य विमर्शसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विदेशमा रहेर नेपाली साहित्यको विकासमा लागेका कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...