बसको ठक्करले मृत्यु



हाम्रो इकोनोमि

बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११।४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका–१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते हुनुभएको छ । बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चँुडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...