स्थानीय तहमा बैंक सुविधाको माग



हाम्रो इकोनोमि

डोल्पाका  जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटामा बैंक सुविधा छैन ।

यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा बैंक सुविधा नहुँदा सर्वसाधारण मारमा परेका छन् । बैंक सुविधा नहुने स्थानीय तहमा त्रिपुरासुन्दरी नगरपालिका तथा जगदुल्ला, मुड्केचुला, डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ र काइके गाउँपालिका रहेका छन् ।

डोल्पाको पश्चिममा पर्ने जगदुल्ला गाउँपालिकामा एक महिना अगाडि नै नेपाल बैंकको शाखा विस्तार हुने भनिए पनि अझै हुन सकेको छैन । विकट क्षेत्रमा पर्ने स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिको गुनासो छ ।

“उपल्लो डोल्पाका स्थानीय तहमा बैंकको टड्कारो आवश्यकता छ, बैंकिङ सुविधा लिनका लागि हप्तौँ हिँडेर सदरमुकाम दुनै झर्नुपर्ने बाध्यता छ, एक्लै पैसा बोकर आउँदा जाँदा ज्यानको समेत खतरा छ”, छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले भन्नुभयो ।

त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिकाका– १ का अध्यक्ष कर्मसिंह थापा सम्बन्धित स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सानोतिनो आर्थिक कारोबारका लागि पनि सदरमुकाम दुनै जानु पर्ने बाध्यता रहेको बताउनुहुन्छ । कर्मचारीलाई सुरक्षा चुनौतीसमेत हुने गरेको उहाँको भनाइ छ ।

देशकै दुर्गम क्षेत्रका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदाको समस्यालाई मध्यनजर राख्दै यथाशक्य सरकारी तथा निजी बैंकका शाखा विस्तारका लागिसमेत सम्बन्धित निकायमा आग्रह गरिएको छ । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक र सिटिजन्स बैंकले सुविधा दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...