केपी ओली संग मिलेर उपेन्द्र यादबले यसरी सुनाए अरुलाई पेल्ने योजना,प्रचण्ड र देउवा भए शसंकित



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनलाई टक्कर लिने सामथ्र्य कांग्रेससँग नरहको टिप्पणी गरेका छन ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले जनतामाझ कांग्रेस खुइलिसकेको दाबी गरे । ‘वामपन्थी गठबन्धनसँग कांग्रेसले टक्कर लिन सक्दैन’, उनले भने, ‘पहाडमा वामपन्थीहरू र तराईमा मधेसीहरू जागेका छन् । अब कांग्रेसको पत्तासाफ हुन्छ । कांग्रेसका दिन जाने बेला आइसकेका छन् ।’

संघीय फोरमलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि कांग्रेसको बुई चढ्नु पर्ने आवश्यक्ता नरहेको बताए । उनले भने, ‘निर्वाचनका लागि हामी आफै सक्षम छौं । कांग्रेसको बुई चढ्नुपर्ने आवश्यक्ता छैन । लोकतान्त्रिक गठबन्धनमा नबस्दा पनि केही हुँदैन ।’

२ नं. प्रदेशबाट कांग्रेसले केही पनि नपाउने अध्यक्ष यादवको भनाइ थियो । उनले २ नं. प्रदेशमा मधेसी दलहरूले एकलौटी जित्ने दाबी गरे ।
वामपन्थी गठबन्धनमा प्रवेश गर्न सक्ने संकेत गरेका अध्यक्ष यादवले भने, ‘लोकतान्त्रिक गठबन्धन बनेको छैन । बन्ने प्रक्रियामा छ । कांग्रेसका कारण ढिलाइ भएको हो । मैले वामपन्थी गठबन्धनमा जाँदिन भनेर कहिल्यै भनेको छैन ।’

‘म कम्युनिष्ट थिएँ । अहिले म समाजवादी हुँ । वामपन्थी गठबन्धनमा मेरो संलग्नता र सहभागिता हुँदैन भनेको छैन । आवश्यक्ताका आधारमा गठबन्धन बन्ने हो । कसैप्रति आग्रह र पूर्वाग्रह छैन’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवको यस्तो भनाइले लोकतान्त्रिक गठबन्धन झन् संकेटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...