केपी ओली संग मिलेर उपेन्द्र यादबले यसरी सुनाए अरुलाई पेल्ने योजना,प्रचण्ड र देउवा भए शसंकित



संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनलाई टक्कर लिने सामथ्र्य कांग्रेससँग नरहको टिप्पणी गरेका छन ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले जनतामाझ कांग्रेस खुइलिसकेको दाबी गरे । ‘वामपन्थी गठबन्धनसँग कांग्रेसले टक्कर लिन सक्दैन’, उनले भने, ‘पहाडमा वामपन्थीहरू र तराईमा मधेसीहरू जागेका छन् । अब कांग्रेसको पत्तासाफ हुन्छ । कांग्रेसका दिन जाने बेला आइसकेका छन् ।’

संघीय फोरमलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि कांग्रेसको बुई चढ्नु पर्ने आवश्यक्ता नरहेको बताए । उनले भने, ‘निर्वाचनका लागि हामी आफै सक्षम छौं । कांग्रेसको बुई चढ्नुपर्ने आवश्यक्ता छैन । लोकतान्त्रिक गठबन्धनमा नबस्दा पनि केही हुँदैन ।’

२ नं. प्रदेशबाट कांग्रेसले केही पनि नपाउने अध्यक्ष यादवको भनाइ थियो । उनले २ नं. प्रदेशमा मधेसी दलहरूले एकलौटी जित्ने दाबी गरे ।
वामपन्थी गठबन्धनमा प्रवेश गर्न सक्ने संकेत गरेका अध्यक्ष यादवले भने, ‘लोकतान्त्रिक गठबन्धन बनेको छैन । बन्ने प्रक्रियामा छ । कांग्रेसका कारण ढिलाइ भएको हो । मैले वामपन्थी गठबन्धनमा जाँदिन भनेर कहिल्यै भनेको छैन ।’

‘म कम्युनिष्ट थिएँ । अहिले म समाजवादी हुँ । वामपन्थी गठबन्धनमा मेरो संलग्नता र सहभागिता हुँदैन भनेको छैन । आवश्यक्ताका आधारमा गठबन्धन बन्ने हो । कसैप्रति आग्रह र पूर्वाग्रह छैन’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवको यस्तो भनाइले लोकतान्त्रिक गठबन्धन झन् संकेटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका