तिहार र छठका लागि पाँच करोडको स्याउ आयात



हाम्रो इकोनोमि

तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् ।

फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।

पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन् । पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ बिक्री गर्दै आएको छ । भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ आयात गर्ने गरेका छन् ।

चिनियाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मन पराउने गरेका छन् । विराटनगर–६ स्थित केशलिया रोडमा स्याउको अधिकृत बिक्रेता नागेन्द्र टेड्रर्सका सञ्चालक नागेन्द्र दास अन्य समयको तुलनामा दशैँ, तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी भएकाले बढी परिमाणमा आयात गरिएको बताउनुहुन्छ ।

इटहरी, धरान, विर्तामोड, विराटचौक, उर्लाबारी, इनरुवा, जनकपुरलगायत ठाउँमा दासले नै डिपो खोलेर स्याउ बिक्री गरिरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...