बाम गठबन्धनको गाँठो कसिदै,एमालेले माओबादीलाई नछाड्ने,माओवादीले नयाँ शक्तिलाई टोक्ने



तीन दिनभित्रै टुङ्ग्याउने भनिएको सिट बाँटफाँट सम्बन्धी कार्य एमाले, माओवादी केन्द्र र नयाँशक्तिले चुनावी तालमेल घोषणा गरिएको ९ दिन बितिसक्दापनि २६ असोजसम्म टुङ्ग्याउन सकेका छैनन्। एमाले–माओवादीबीच ६० ४० को अनुपातमा सिट बाँटफाँट गर्ने सहमति भइसकेको छ भने नयाँशक्ति एमालेको चुनाव चिन्हमा। तर, तीनै दल सिट बाँटफाँटमा अनुदार हुँदा वामपन्थी गठबन्धन नै धरापमा पर्ने आशंका पैदा हुन थालेको छ।

कार्यदल गठन गरेर तीन दिनभित्र सम्पन्न गर्ने भनिएको काम नौ दिन बितिसक्दापनि सम्पन्न हुन नसक्नुको कारण हो, आफ्नो भागमा सकेसम्म धेरै सिट पार्ने तीनै दलको कसरत। यही कसरतका कारण एमाले माओवादी केन्द्रसँग सहमति भए अनुसार ४० प्रतिसत सिट दिन अनुदार बनिरहेको छ अनि माओवादी केन्द्र चाहिँ नयाँशक्तिलाई दिन अनुदार। सकेसम्म बढि सिट लिन एमाले र माओवादी केन्द्रले गत स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाएका छन् भने नयाँशक्तिले सम्मानजनक एकता र धम्कीलाई आधार बनाएको छ।

स्थानीय तहको निर्वाचनमा ३१ लाख मतका साथ एमाले पहिलो भएको थियो भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ लाख मत प्राप्त गरेको थियो। जम्मा दुई तहमा विजय हासिल गरेको नयाँशक्तिले देशभरिबाट प्राप्त गरेको मतसंख्या जम्मा ७१ हजार थियो। एमाले माओवादी केन्द्रबीच ६० ४० को अनुपातमा सिट बाँडफाँट गर्ने र आधार चाहिँ २०७० र ०७४ को चुनावलाई बनाउने सहमति छ। यही आधार नै अहिले सिट बाँडफाँटमा समस्या बनिरहेको छ।

एमाले नेताहरुका भनाईमा, २०७० र०७४ को निर्वाचन परिणामलाई आधार बनाउँदा एकता अघि सहमति भए अनुरुप माओवादी केन्द्रको भागमा ४० प्रतिसत पुग्ने स्थिति नै छैन। यसै आधारमा सिट बाँडफाँट सम्बन्धी कार्यदलमा रहेका एमाले नेताहरु एमाले भन्दा आफूले धेरै मत पाएका निर्वाचन क्षेत्रमात्र दावी गर्न भनिरहेका छन् । तर, एकताअघि नै आफूले ४० प्रतिसत पाउने सहमति भएकाले माओवादी केन्द्रका नेताहरुले सहमति विपरितका प्रस्ताव नल्याउन भनिरहेका छन् ।

यस्तै समस्या बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिलाई दिइने सिटका सम्बन्धमा पनि देखिएको छ। नयाँशक्तिले प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा १५ सिट आफूले पाउनुपर्ने दावी गरेको छ। तर एमाले र माओवादी केन्द्र दुवै नयाँशक्तिलाई यति सिट दिन तयार देखिन्नन्। अझ माओवादीले आफूले जित्ने दावी गरेको गोर्खा २ मा पनि नयाँशक्तिले दावी गरेपछि सिट बाँडफाँट कार्य जटिल मोडमा पुगेको छ। नयाँशक्ति जस्तै माओवादी केन्द्रपनि गोर्खा २ गुमाउने पक्षमा छैन।

एमाले भने सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्न लागेका भट्टराईका लागि गोर्खा २ छाडिदिनु पर्ने पक्षमा छ। तर माओवादी केन्द्र यो सिट छाड्न किन तयार देखिन्न भने २०७० र ०७४ दुवै निर्वाचनमा यो क्षेत्रमा माओवादी केन्द्र अगाडि छ। यो क्षेत्रमा माओवादी केन्द्रले १४ हजार मत ल्याएको छ भने नयाँशक्तिले ७ हजार। यसै आधारमा माओवादी केन्द्र यो सिट छाड्न तयार छैन। एमाले र माओवादी केन्द्रसँगको वार्तामा भट्टराईले गोर्खा २ लाई प्रतिष्ठाको विषय बनाइरहेका छन्।

यसबाहेक सिट संख्यामा नयाँशक्तिले गरेको दावी बाँडफाँटको अर्काे समस्याका बनेको छ। यसअघि कूल सिटको १५ प्रतिसत दावी गरेको नयाँशक्ति पछिल्लो समय १५ सिट दिर्ने पर्ने अडानमा छ । एमाले नेताहरु नयाँशक्तिका लागि ७ देखि १० सिटसम्म दिन तयार छन् । माओवादी केन्द्रपनि यसका लागि तयार त देखिन्छ । तर, नयाँशक्तिले सूर्य चिन्ह प्रयोग गर्ने हो भने कूल सिटबाट छुट्ट्याएर होइन, एमालेले पाउने ६० प्रतिसतभित्रैबाट दिनुपर्ने प्रस्ताव गरेको छ ।

नयाँशक्तिका नेता भट्टराई आफूले चाहे अनुसारको सिट प्राप्तिका लागि एमालेलाई प्रयोग गरिरहेका छन् । यदि आफ्नो माग बमोजिम सिट प्राप्त नभए गठबन्धनबाटै बाहिरिने चेतावनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिइरहेका छन् भट्टराई । यस्तै चेतावनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई पनि भट्टराई दिन चाहन्छन् । तर, उनले प्रचण्डसँग भेट नै पाइरहेका छैनन् ।

आफूले पाउने कोटाबाटै नयाँशक्तिलाई दिने हो भने एमालेले पाउने सिट संख्या घट्न सक्छ। त्यसैले, माओवादीको यो शर्त मान्न एमाले तयार देखिँदैन। एमाले ह्दयेश त्रिपाठीहरुले पाएकै शैलीमा नयाँशक्तिका लागि सिटकोटा छुट्ट्याउन चाहन्छ। यदि नयाँशक्तिका सन्दर्भमा पनि त्यही मोडेल तय गर्ने हो भने, माओवादीसँग एकता गरेको नेकपा (संयुक्त) लगायत अन्य वामदलका सन्दर्भमापनि यही मापदण्ड बनाइनुपर्ने माओवादीको माग छ । यसमा चाहिँ एमाले तयार देखिदैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्