बाम गठबन्धनमा यसरी जाने भयो पहिरो,बाबुरामले किन खोजे निहुँ ?



हाम्रो इकोनोमि

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको बाम गठबन्धनमा गडबड भएको छ । एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । सूर्य चिह्न लिएर लिएर निर्वाचनमा जाने सहमतिसहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा कुरा नमिल्दा गठबन्धन नै भत्किने देखिएको छ । नयाँ शक्तिले देशभरीमा कम्तिमा १० सिट मागेको छ । तर एमाले र माओवादीले ३ देखि ५ भन्दा बढी दिन नसिकिने अडान लिएका छन् ।

 

कार्यदलको बैठकमा नयाँ शक्तिका नेता गंगा श्रेष्ठले लिएको प्रस्तावमा एमाले र माओवादीले सहमति जनाएका छैनन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँड टुंग्याउनुपर्ने दबाब दलहरूलाई छ ।

गोरखामा पनि समस्या
नयाँ शक्तिले पाउने सिटमा गोरखामा नै समस्या देखिएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायण्काजी श्रेष्ठ एउटै क्षेत्रमा उठ्ने अडानमा रहेपनि समस्या देखिएको छ । आफुलाई गठबन्धनमा हेपिएो महसुस गरिएको नयाँ शक्तिमा छलफल सुरु भएको छ । स्रोतका अनुसार सिटमा सम्मानजनक हैसियत नभए गठबन्धन छाड्ने विषयमा पनि छलफल सुरु भएको छ ।

सानादललाई मिलाउन सकस
एमाले र माओवादी केन्द्रले आपसी छलफल जारी राखे पनि वाम गठबन्धनमा आबद्ध नयाँ शक्ति पार्टी नेपाल तथा सामेल हुने तयारीमा रहेको नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन ।

नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा कुल सिटको १५ प्रतिशत दाबी गरेको छ । त्यस्तै, मालेले प्रतिनिधिसभामा पाँच तथा प्रदेश सभामा १० सिट दाबी गरेको छ । जनमोर्चाले पनि गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ । दुई दलले सबै साना दललाई बढीमा १५ सिट दिनेगरि भागबण्डा मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...