बाम गठबन्धनमा यसरी जाने भयो पहिरो,बाबुरामले किन खोजे निहुँ ?



हाम्रो इकोनोमि

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको बाम गठबन्धनमा गडबड भएको छ । एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । सूर्य चिह्न लिएर लिएर निर्वाचनमा जाने सहमतिसहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा कुरा नमिल्दा गठबन्धन नै भत्किने देखिएको छ । नयाँ शक्तिले देशभरीमा कम्तिमा १० सिट मागेको छ । तर एमाले र माओवादीले ३ देखि ५ भन्दा बढी दिन नसिकिने अडान लिएका छन् ।

 

कार्यदलको बैठकमा नयाँ शक्तिका नेता गंगा श्रेष्ठले लिएको प्रस्तावमा एमाले र माओवादीले सहमति जनाएका छैनन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँड टुंग्याउनुपर्ने दबाब दलहरूलाई छ ।

गोरखामा पनि समस्या
नयाँ शक्तिले पाउने सिटमा गोरखामा नै समस्या देखिएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायण्काजी श्रेष्ठ एउटै क्षेत्रमा उठ्ने अडानमा रहेपनि समस्या देखिएको छ । आफुलाई गठबन्धनमा हेपिएो महसुस गरिएको नयाँ शक्तिमा छलफल सुरु भएको छ । स्रोतका अनुसार सिटमा सम्मानजनक हैसियत नभए गठबन्धन छाड्ने विषयमा पनि छलफल सुरु भएको छ ।

सानादललाई मिलाउन सकस
एमाले र माओवादी केन्द्रले आपसी छलफल जारी राखे पनि वाम गठबन्धनमा आबद्ध नयाँ शक्ति पार्टी नेपाल तथा सामेल हुने तयारीमा रहेको नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन ।

नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा कुल सिटको १५ प्रतिशत दाबी गरेको छ । त्यस्तै, मालेले प्रतिनिधिसभामा पाँच तथा प्रदेश सभामा १० सिट दाबी गरेको छ । जनमोर्चाले पनि गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ । दुई दलले सबै साना दललाई बढीमा १५ सिट दिनेगरि भागबण्डा मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...