नामुद भ्रष्टाचारी देखी कहलिएका गुण्डा समेत यसरी बने उम्मेदवार,कुन-कुन पार्टीको शिफारिसमा को-को परे



प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई पनि उम्मेदवारमा सिफारिस गर्न थालेका छन्। दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन्।

हालसम्म कांग्रेस र एमालेबाट सिफारिस भएका उम्मेदवारहरु विवादित पृष्ठभूमिका देखिएका छन्। कांग्रेसबाट गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन सिफारिसमा परेका छन् भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा अटाएका छन्।

मिनकृष्ण महर्जनलाई ललितपुरबाट र राणालाई प्युठानबाट प्रदेशसभाको उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरेको हो।

यस्तै राजनीतिक दल सम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य रहेका खुमबहादुर खड्कासमेत सिफारिसमा पर्न सफल भएका छन्। उनलाई नेपाली कांग्रेस दाङले प्रतिनिधि सभामा क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको छ।

तनहुँबाट गोविन्दराज जोशी पनि सिफारिसमा परेका छन्। उनी तनहुँ–१ का लागि सिफारिसमा परेका हुन्। जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा फैसलाको पालो पर्खेर बसेको छ। तर दलका नेताहरुले विवादस्पद छबि भएका व्यक्तिहरु प्रतिनिधि सभा र प्रदेश सभामा नपर्ने दाबी गर्दछन्। विवादित उम्मेदवारलाई बोर्डले काँटछाँट गर्ने बोर्डका सदस्य पूर्णबहादुर खड्काले बताए। नेपाली कांग्रेसले बुधबार मात्रै उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन गरेको छ।

‘जिल्ला कमिटीले मान्छे रिझाउन विवादित केही नाम समेत सिफारिस गरेका छन,’ खड्काले भने, ‘संसदीय बोर्डले संविधान र कानुनलाई मध्यनजर गर्दै उम्मेदवारको टुंगो लगाउँछ।’
यता एमालेले पनि गुन्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारको लागि सिफारिस गरेको छ। एमालेले आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुन अनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्नुपर्ने भने पनि मनाङ्गेलाई जिल्ला कमिटी मनाङले सिफारिस गरेको हो।

एमाले सचिव प्रदीप ज्ञवाली विवादित व्यक्तिहरु सिफारिसमा परे पनि अनुमोदन नहुने बताउँछन्। ‘सार्वजनिक आचरण खराब भएका व्यक्तिलाई एमालेले उम्मेदवार बनाउँदैन, तलबाट नाम सिफारिस भए पनि केन्द्रले अनुमोदन गर्दैन,’ सचिव ज्ञवालीले भने।
एमालेबाट सिफारिस भएका दीपक मनाङ्गेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा छ। उनको मुद्दा किनारा लागेको छैन। कांग्रेसका मिनकृष्ण महर्जनलाई अपहरण र फिरौती सम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुरमा कायम रहेको नेपाल खबरले जनाएको छ ।
मनाङ्गेपछि उम्मेदवार हुने दौडमा काभ्रेका गुन्डा नाइके गणेश लामा पनि लागेका छन्। विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका केन्द्रीय समितिमा रहेका लामा काभ्रेबाट सिफारिसमा पर्न लागीपरेका छन्। लोकतान्त्रिक मोर्चाका पाउने सिट सुनिश्चित नहुँदा हालसम्म उनको पार्टीले कुनै पनि क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छैन।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका